Saturday, January 18, 2014

सुत्रकथा (हरु)

लात..
उस्ले सुलेखालाई जोडले लात हान्यो, पेटमा । सुलेखा हलुका चल्मलाइन्, पेट सुम्सुम्याइन् । चुप लागेर बसिन्, कसैलाई भनिनन् । तर फेरी यस्तो भयो भने उस्ले भन्नै पर्छ । त्यतिकैमा फेरी अर्को लात आयो पेटमा - अझ जोडले । 'ठुलो भएर यो फुट्बल खेलाडी हुनेछ,' सुलेखाले पुक्क उठेको पेट फेरी सुम्सुम्याउँदै अनी मुस्कुराउँदै श्रीमानलाई भनिन्।

केही त गर्नै पर्‍यो..
म बसेँ । बसेर जिन्दगीको लेखाजोखा गर्न थालेँ । खाली भित्ताहरुमा आँखाहरु टोलाउँदथे । 'हैन, केही त गर्नै पर्‍यो, यसरी झोले भएर कती बाँच्नु ?,' आँफैले आँफैलाई सम्झाउँदथे । अनी निस्चय गरेँ जिन्दगीमा 'केही' गर्ने । सारा शरीर हलुको भयो । करिब २५ मिनेट बसेँ होला म । त्यस्पछी ट्वाइलेट फ्लस गरेँ अनी निस्केँ ।

डलर...
'अनी कैले आउछस् यार नेपाल?'उताबाट मित्रले सोध्यो । 'देशको लागि नि केही गर्नु पर्‍यो नि । कती डलरमात्र छाप्छस् !' आजकाल म यस्तो 'कैले आउँछस्?' प्रश्नहरुको जवाफमा मुस्कुराइ मात्र दिन्छु । आज पनि फिस्स हाँसे । 'अनी तेरो केहुँदैछ सुना,' मैले सोधेँ ।
'के हुनु यार यस्तै छ,' उस्लेअली निरास हुँदै भन्यो । 'अघिल्लो बर्ष रिजेक्ट भयो, अब टुरिस्ट् भिसा एप्लाई गर्दैछु।' 

ज्यामराज...
उस्ले जग खन्यो । गाह्रो लायो। सिमेन्ट बालुवा घोल्यो । गिट्टी, रोडा, इट्टा, तक्था, फल्याक् - जम्मै जोरजाम गर्‍यो। देउताको सालीक पनि उसैले बनायो । मन्दिर बन्यो । मुर्ती स्थापना गर्ने दिन भिँडबाटकसैले उस्लाई हप्कायो - 'ए ज्यामराज! त्याँ देउता दर्शन गर्न जातले दिनुपर्छ, छोइएला.. उता मर !'

कुकुर-कुकुर्नी...
मध्यरातमा एउटी कुकुर्नी घरफर्कदैँथिइ । अल्ली पर अँध्यारो गल्लीमा एक हुल कुकुरहरु भुक्दै हुन्छन्। एउटा कुकुरसरासर कुकुर्नी भएतिर लम्किन्छ । कुकुर्नी तर्सिन्छे । 'हिडँ,' कुकुरले भन्छ । 'तिमीडराउनु पर्दैन बैनी, हामी कुकुर हौँ, मान्छे हैनौँ । हिँड म घरसम्म पुर्याइदिन्छु ।'  चेतना भया! 

प्रेमि..
'संगिता, तिम्रो नाउँमा एउटा गीत लेखेकोछु, सुन्छौ ?,' प्रेमिले भन्यो । 'हिजो रातभर तिम्रो याद आयो अनी...।' प्रेमिका लजाइन् । प्रेमी - 'ला ला ला ला हे हे हे हो ... मेरी संगिता, मेरी राजकुमारी.. तिमी बिना म बाँच्ने छैन ।'
दुई महिनापछी,
प्रेमी - 'ला ला ला ला हे हे हे हो ... मेरी सरिता, मेरी राजकुमारी.. तिमी बिना म बाँच्ने छैन ।'

तयार हुनुहुन्छ ?..
'रगतको खोलो नबगाइ क्रान्ति हुँदैन, शान्ती आउँदैन,' नेताद्वयले भने । 'के तपाईंहरु देशको लाई आफ्नो रगत दिन तयार हुनुहुन्छ ?'
भोलीपल्ट रक्तदान कार्यक्रम सम्पन्न भयो । करिब २०० लिटर रगत जम्मा गेर नेताद्वयलाई बुझाइयो - 'ल खै अब शान्ती ल्याउनोस् ।'

ढङ् ढङ्..
उ उत्तानो परेर ओछ्यानमा पल्टेको थियो । उनी उस्को छातीमा टाउको राखेर सुतेकी । शरीर निर्वस्त्र, दुवैको । उनी मनमनै आफ्नो बैवाहिक जीवनको लेखाजोखा गर्दैथीइन् । त्यतिकैमा बाहिर ढोकामा अनपेक्षित 'ढङ् ढङ्' को आवाज आयो । 'ला ! मेरो बुढो आयो, छिट्टो खाटमुनी लुक,' अत्तालिदै उनी चिच्याइन् ।

- सुरेश 'समान'