(कक्षा छ हुँदा रचेको )
जबसम्म आँखा बन्द थियो
अध्यारो नै अध्यारो ले सतायो
जब देखी आँखा खोलें
यो संसारलाई देखेर आँफैलाई भुलें ।।
नयाँ बिहानीको पहिलो किरण देख्न पाँए
क्षितिजबाट घाम निस्केको देख्दा ज्यादै रमाएँ
घामको झुल्काले हिमालसँग मितेरी गाँस्न थाल्यो
त्यस्बखत संसारको सुन्दरता सोच्न वाध्य बनायो ।।
कोहिलिले सुरिलो भाकामा कु हु कु हु गर्न थाल्यो
यसले त मलाई झनै आकर्सित तुल्यायो
कोहिली सङ्सगै म पनि गाँउन थालें
आँखा खोल्दाको अनुभवबाट ज्यादै रमाएँ ।।
निलो आकाशमा कलिलो घाम चिटिक्क सुहायो
त्यो सुन्दरता कतै हराउने त हैन भनी मनले झस्कायो
प्राकृतिक सुन्दरता नजिकै बाट निहाल्न पाएँ
आँखा खोले पछी को संसार देखी ज्यादै रमाएँ, ज्यादै रमाएँ ।।
एस. एन.
![]()