Tuesday, January 10, 2012

छोट्करी !!

म बिलाएको छैन म जिउँदै छु
पर्ख, बिस्तारै उठौला म पिउदैछु
जती हाँस्छौ हाँस आज यो रात बाँकी छँदै
हाँसोले नै म पनि उध्रिएको मन सिउँदौछु ।।

त्यएसै घाइते मेरो मनमा, छर्किदीइन नुन
अब ! भुत्रो जस्तो लाग्छन तारा, भुत्रै देख्छु जुन
जती नाच्छौ नाँच आज यो रात बाँकी छँदै
भोली उठ्छु, मुख धुन्छु, लेख्छु नयाँ धुन ।।