मेरो बारे

यो घरदैलोमा यहाँलाई स्वागत छ ।

म नेपाली । नेपाली भाषा र साहित्यको थोरै भए पनि प्रबर्धन गर्ने हेतुले "घरदैलो" ब्लगको शुभारम्भ गरिएको हो । स्रष्टा देशमा हुन या विदेशमा उनीहरुले सिर्जना गर्न छोड्नु हुदैन, नेपाली भएर नेपाली भाषा साहित्य अनि नेपालको विविधता अर्न्तगत विभिन्न जातिहरुको भाषा साहित्य बिर्सनु हुन्न । नेपाली भाषा लगायत सबै जातजातिको भाषा सम्पन्न भए मात्र पूर्ण राष्ट्रियता बन्छ । सन २०११, जुनमा घरदैलोको जन्म भएको हो, अमेरिकाको आयोवा राज्यमा । साहित्यमा बिशेष रुची भएको हुँदा, बिशेषत: नेपाली साहित्य, आफु पनि यो क्षेत्रमा बामे सर्दै छु भन्ने आभास भयो । अनी आफुले लेखेका दुइ-चार रचनालाई घर दिने तिब्र इच्छा जाग्यो । सानै देखी आफुले लेखेका कथा, कबिता खोजेर नेपाली युनिकोडमा सारेँ अनी सबै समेटेर यो घरदैलो दिएको हुँ । आफुले लेखेका लेख लगायत अन्य नाम चलेका, नाम नचलेका,अनी म जस्तै बामे सर्दै गरेका स्रष्टाहरुका लेख रचना पनि बिस्तारै यो घरदैलोमा समेट्ने जमर्कोमा छु । 

यस घरदैलोको बारेमा तपाइको आफनो सल्लाह सुझाव पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु । 

- धन्यवाद !

घरदैलो रचना संग्रह 

Unicode Nepali Test