Monday, July 25, 2011

प्रियसी तिम्रैलागी (कबिता)

(उक्त कबिता म कक्षा ८ मा पढदा लेखेको हो ।)
 
यदी माया छैन भने नहेर प्रिय त्यसरी
तिम्रो मोहनी आँखामा आँखा जुधाउन सक्छु कसरी ?
तिमीलाई देखेपछी कुन्नी के हुन्छ, यो मेरो मन थामिदैन
कतै मेरो जस्ताइ तिमीलाई पनि हुने गर्दैन ?

रातदिन साँझ बिहान आइरहन्छ तिम्रै झझल्को
नराख तिमी आफ्नो दिलमा बाहेक कुनै अर्को
कसरी सहन सकुँला त्यो आत्माघाती चोट
केवल चाहन्छु तिमीलाई एकान्तमा भेट्न

भोक, तिर्खा, रोग, सोक, निद्राको यादै हुँदैन
आत्तिएको यो मनलाई सम्झाउनै सकिदैन
तिम्रो त्यो सिसाजस्तो जिउमात्र हेरिरहुँ जस्तो लाग्छ
तर तिमी सामु पर्दा यो मन खै किन किन एकाएक भागछ ।। 

चामलकै पिठो जस्तो वर्ण, लामालामा आँखा
झरना जस्तो केश, त्यस्मा सुन्दर सुन्दर भेस
अनी हातगोडाका तिम्रा सुलुत्त परेका औंला
आदिले मलाई बनाइ नै सके बौलाहा ।।

नहाँस तिमी कड्के घाटी छड्के आँखाले हेरी
लाने अवस्य नै छु एक्दिन सिँउदोमा सिन्दुर हाली
तिमी मेरो लागि कुनै उर्वसी भन्दा काम छैनौ
तिमीलाई माया गर्छु; यो कुरा तिमीले किन बुझेकी हैनौ ?

मेरो सुख दु:खमा साथ दिनसक्ने तिमीलाई नै देखेको छु
मेरो मुटुको कुनाकुनामा तिम्रै नाम मात्र लेखेको छु
तिमीलाई मेरो बनाइदिनु भनी भगवान सँग प्रथाना गर्दछु
तिमी मेरो सम्मुख नहुँदा जिउँदै नै मर्दछु ।।

तिमीलाई पाउने यो मेरो कल्पना
कतै हुने होइन रातभरीको एक सपना
तिम्रो मायाको त्रिस्णा लागेको मलाई
तिम्रो चालले मलाई मारी नै सक्यो जलाई ।।


हामी एकअर्काको लागि नै जन्मेका हौँ
जन्म जन्म एकअर्काको साथ पनि छोड्ने छैनौं
जुनी जुनी म तिमीलाई पर्खि बसुलाँ
यही कुरा म तिम्रो मुखबाट कहिले सुन्न सकुँला ।।

आकाशका तारा तिम्रोलागी ल्याइदिँउ कि धर्तिमा टिपेर
तिम्रो लागि त म मर्न पनि तयार छु झुन्डिएर
तिम्रो त्यो फुल सरी जीवनमा शुभास बनी आउनेछु
तिम्रो सोचाइ, बोलाई, र हेराइमा म नै म छाउने छु ।।

तिम्रो नजरको तिरले मेरो छाती छिया छिया छ पारेको
शायद भगवानले हुनुपर्छ तिमीलाई फुर्सदमै बनाएको
मेरो यो मायालाई तिमीले नबुझेको किन
अब त तिमीबिना एकपल पनि सक्दिन जिउन ।।

कुरा सुन्छु एउटाको, याद हुन्छ मनमा तिम्रो
तिमी मेरी प्यारी, म कहिले हुन्छु तिम्रो प्यारो
कहाँ हो तिम्रो घर, कहाँ हो तिम्रो ठेगाना
तिम्रो रुपले किन आन्दोलन मच्चाएको मेरो मनमा ।।

साथी-सङगीका कुरा सुनी तिमी चुपचाप नहिंड
नत्र तिमी पछी फेरी थालने छौ पछुताउन
मेरो यो कुरा तिमी आफ्नो मनमा दर्हो गरी उन
चाडो गरी तिमी मलाई आफ्नो जीवनसाथी चुन ।।

न त तिमीलाई पाउन नै म सक्छु न त बिर्सन
कति को फुर्सद छ तिमीलाई मेरो बारेमा सम्झन
अहिले, पहिले, उहिले, जहिले
कहिले पो भुल्न सकेको छु तिमीलाई मैले ।।

नलजाउ तिमी अहिले देखी नै यसरी
यस्तै हो भने हाम्रो जीवन चल्छ कसरी
आउ मेरो जीवनमा तिमी बनी बसन्त बहार
तिम्रो लागि थुप्रै थुप्रै राखेको छु यो मनमा प्यार ।।

जब तिमी हाँस्छौ मुहार उज्यालो पारी मस्की मस्की
साथीहरु जिस्काउँछन मलाई तिम्रै नाम लिइ
अहिलेको हैन यो हाम्रो भेटघाट
आउ एकआपसमा गरौं हामी यो मनको साटासाट ।।

थाहा छैन तिमीलाई मनाउन म पत्र लेखुँ कसरी
तिमी रिसाउने पो हौ कि भनी डर लाग्छ बेसरी
हिड्छु म सधैं तिम्रो मुहार मस्तस्कमा बोकी
म जती नजिक आँउछु तिमी किन त्यती नै टाढा-टाढा भाकी ?

खाने मुखलाई जुङ्गा ले त अवस्य पनि छेक्दैन
तिम्रो मेरो प्रेमलाई जस्ताइ हुरी बतासले रोक्दैन
राख मेरो हातमा तिमी आफ्नो हात
राख्न चान्छु तिमीलाई म सधैं आफ्नो साथ ।।

तिमीबिनाको जीवन त मृत्‍यु सरह लाग्न थाल्यो
किन पो मलाई यती धेरै रातदिन सताएको
अब त आइदेउ मेरो जीवनमा सकेसम्म चाडो
तिमीबिनाको जीवनमा न त गर्मी छ, न छ जाडो ।।

एस. एन.