मुटु जल्दा धुँवा हैन आँसु झर्छ
- बैगुनीलाई के थाहा,
मरभुमीको क्याक्टसले नि प्यास
मेट्छ - घमन्डी गुलाबलाई के थाहा,
पुरिएको मान्छे - माटो मुनी कत्ती
पिडा हुन्छ,
माथिबाट फुल बर्साउनेलाई के थाहा!
…
2.
दिल त तोडिदिनुभयो हजुरले
अब चिता नि जलाईदिनु
केही भेटिएन भने पनि,
त्यो हजुरको सल नै ओढाइदिनु
कसैले सोधीहाले मेरो रोगको बारे
आँखा झुकाउँदै 'माया' बताइदिनु!
सुरेश 'समान'