पाउना कोठामा स्वागत छ! यो
कोठामा घरदैलोका पाउनाहरुको लेख-रचना पढ्न पाउनुहुनेछ। तपाईंलाई पनि मन भए मज्जाले
पाउना लाग्न आउनुभए हुन्छ।
वाह! क्या जमना थियो...
......
वाह! क्या जमना थियो...
तिमी थियौ त संसार थियो
एउटा रमाउने बाहना थियो
संसारै जित्ने चाहना थियो
अनेकौ अनेकौ कामना थियो
तिमी हुदा त
अझै यहाँ तिम्रा कुरा हुन्छन्
अनी सम्झनै सम्झना कोठा भरी छरिन्छन्
सुन्यता ले समयहरु भरिन्छन्
मुटु पग्लेर आसुँ झर्छ
तैपनि मैले मुस्कुराउनै पर्छ
तिमी थियौ त हास्नु को कुनै अर्थ थियो
बीहान उठि ऐना हेर्नु को कुनै स्वार्थ थियो
उज्यालो को सुरक्षा बुज्न सक्थे म
अध्यारो को ब्यर्थता मा बिज्थे म
एउटा बाटो थियो जो म रोज्न सक्थे
हेराइ मा धेरै अर्थ म खोज्न सक्थे
बोली हरु मा मिठास सुन्थे म
राक्षस राजकुमारको सपना बुन्थे म
बादलहरु मा रमना थियो
उत्साहहरु को सामना थियो
तिमी हुदा त
वाह! क्या जमना थियो
- Manjul Bhandari......