
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
वृष राशी हुनेहरुका लागि यो बर्ष चै डि.भी. पर्नसक्छ।
सेकेण्ड लेटेर नआउन्जेल धेरै फुर्ती नदेखाउनुहोला। इन्टर्भ्यु दिन जाँदा दुई झोला सुन्तला,
एक माना घिउ अनी एक झोला गुन्द्रुक नबिर्सी लानु बेस होला। विवाहको प्रस्ताव चारतिर
बाट आउनेछन्। छ्क्क नपर्नु। एसएमएस पढ्नेबित्तिकै डिलिट गर्नुहोला यो बर्ष।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
सुरुमा शत्रु बढ्नेछन्। पछी झनै बढ्नेछन। जीवनसाथीले
मुद्दा हाल्नसक्छिन। त्यो भन्दा पहिल्यै सके बन्दै गर्नु, हैन भए फेसबुकको पासवर्ड
चेन्ज गर्नु मनासीब होला। ऐना अगाडि उभिएर आफ्नै फोटो कती खिचेको? अली कम गर्नोस। मान्छेहरु
वाक्क भै'सके। अनी रेस्टुराँमा घिच्न गा'की फोटा खिच्न गा? चन्द्रमा र सुर्यको प्रभावले
अरुले जती जे सम्झाए पनि लास्टाँ आफुलाई लागेकै गर्नुहुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
कर्कट राशी हुनेहरुको यो बर्ष हुलासको कर्कट पाता
जस्तै टलक्क टल्किने देखिन्छ। जोगिएर हिँड्नुभएन भने खिया लाग्न सक्छ। कपाल झर्ने समस्याले
सताउन सक्छ। पिसेको अदुवा, मिचेको मेदीँ, घोलेको अण्डा आदीले यो बर्ष कपालको समस्या
पार लाग्नेवाला छैन। फिनोलमा हार्पेक मिसाएर दिनको दुईपटक मजाले मट्टितेलले कपाल पखाले
सदाको लागि टन्टै साफ हुने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
धेरै सिंहहरु यो बर्ष भेजिटेरियन हुने देखिन्छ। यो
बर्ष तपाईंको तात्तोन्छारो दसाले गर्दा पुरुष मित्रहरुको कपाल अनी ज्यान फुल्ने छ ।
महिला मित्रहरुको चैँ छाती फुल्ने छ । गर्वले छाती फुल्नेछ । तर हिन्दी धारावाहिक हेर्नुहुने
महिलाहरुलाई दु:खको खबर - 'दिया ओर बाती' मा सुरजले सन्ध्यामाथी सौता थप्नेछ, भदौमा।
संयम अप्नाउनु होला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
दुर्भाग्य नै भन्नु पर्ला, कन्या राशी भएका केटाहरुको
जीवनमा यो बर्ष पुरै खडेरी छ कन्याहरुको। लोद्धर लाग्ने वाला छ। ब्रिहस्पतीको सनीसँग
ब्यस्तताले दुर-दुर सम्म कोही आतेजाते देखिदैन। मिल्न-मिल्न लागेको कुरो पनि मकर राशी
भएकाले उडाइदिनेछन्। अब २०८० सम्म कुनै ट्राइ नै नगरे बेस होला। तर कन्या राशी भएका
कन्याहरुको उत्तम छ २०७१। बाल सुर्यको प्रभावले पसलहरुमा थुप्रै सेल (sale) मा सामान
भेट्नुहुनेछ। तपाईंका फोटाहरुमा यो बर्ष 'लाइक' हरु बढ्नेछन्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो बर्षको अन्त्यतिर केटा हेर्न आउँछन। महिलाहरुले
आफ्नो खानपिनमा ध्यान दिनुहोला। अली तौल बढी छ ऐले। दिनको २ पाउ डाल्डा घिउ
मा १ पाउ चिनी घोलेर भक्भकी उमालेर स्वाट्ट पिउनुभएमा
मोटोपन घट्न मद्दत होला। लिप्स्टिकको साटो सुपरग्लु ओठमा दल्नाले पनि वेट स्वाट्टै
घट्नेदेखिन्छ। पुरुष मित्रहरुको यो बर्ष बढी से बढी चल फ्लाँस खेल्नु फाइदाजनक छ। म्यारिज
चैँ तासमा पनि नखेल्नु, साँच्चै पनि। एकको पनि माल पर्नेवाला छैन।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो बर्ष विद्यार्थीहरुला शुभ देखिन्छ । बनाएका चिटहरुबाटै
प्रश्नहरु आउने देखिन्छ । त्यस्तै अधिकांस वृश्चिक राशी हुनेहरुले बढी टिभी हेर्नाले
झुसिले डकार आउने समस्याले पिरोल्ने छ । हिक्-हिक् बाडुली लाग्नेछ साँझ । कसैले सम्झेर
होइन, दुई मानो पानी दन्काए समस्या चट् । कात्तिकमा नयाँ नाता थपिने देखिन्छ । सासु
चोथाले पर्ने योग छ । बोलिमा अली नियन्त्रण राख्नोस् नत्र भुत्ल्याइमा पर्नु होला,
भन्द्याछु !
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दसैं पछी ह्वात्तै भुँडी लाग्ने देखिन्छ। कपालभाँतीले
केही हुनेवाला छैन। नगरे हुन्छ। हरेक महिनाको २१ गते आफ्नो दुबै गालामा बिहानबेलुका
दस-दस थप्पड हाने पेट घट्नसक्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कमाइभन्दा खर्च बढी हुने भएकोले लास्टाँ उही ‘हात
लाग्यो सुन्ना’ हुने प्रबल सम्भावना छ। ए.टि.एम र चपली हाइट्सजस्ता चलचित्र हेर्न कम
गरे केही पैसा सेभ होला कि! भदौ १५ पछि बृहस्पतिको स्थानान्तरणले प्रेमीप्रेमिका बिच
केही समस्या आउन सक्छन्। गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो बर्ष पनि घैँटोमा घाम लाग्ने देखिदैँन। दुईटा
क्रेडिट कार्ड थपिने योग छ। ब्यालेन्स ट्रान्स्फर पनि हुने देखिन्छ। तपाईंका रुचीका
बिषयहरु जस्तै गीत गाउने, नाच्ने, पेन्टिङ् आदीमा हात नहालेको बेस। बरु खुट्टा तान्ने,
कुरा काट्ने, चाप्लुसी गर्नेमा ध्यान दिनुभए काममा प्रमोसन मिल्ने सम्भावना छ। सुर्य
अस्ताउने बेलामा पुर्वतिर फर्केर आफुले आफुलाई १० पटक ल्वाप्पा खुवाउनाले मनोबल बढेर
काम फत्ते होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सनीको प्रभावले यो बर्षको दोस्रो महिना देखी मिन
राशी भा'काहरुलाई चुर्ना पर्ने देखिन्छ। ताजा काउसोको झोल बनाएर दिनको चार पटक चुर्ना
पर्या ठाउँमा दल्नाले समस्या समाधान होला कि! असार महिना देखी केही नाम चल्ने काम हुनेछ
। ॠषि धमलाको इन्टर्भ्युमा आउनसक्ने योग छ । सचेत हुनुहोला !
- सुरेश 'समान'
Happy New Year J