फुल, माला छरिसकेँ
खाली उस्को सिउँदो थियो
मैले सिन्दूर भरीसकेँ
भो अब नखोज्नोस
केटी आमा
मैले विवाह गरिसकेँ ।।
सोध्नेहरु सोध्दै गर्छन्
मैले त सुन्नै छाडिसकेँ
बिशाल डुंगा सागरमा थियो
मायालु सङ्गै तारिसकेँ
भो अब नडाक्नोस
लमी आमा
मैले विवाह गरिसकेँ ।।
काउकुती लाग्ने,छट्पटी हुने
नझर्नु गहिराइमा झरिसकेँ
दुई ज्यानको मुटु एक
भयो
नपर्नु मायामा परिसकेँ
भो अब फोटो
नपठाउ दिदी
मैले विवाह गरिसकेँ ।।
न व्याण्ड-बाजा, न चाइयो जन्ती
आफ्नै सन्सारमा चलिसकेँ
म भन्दा बढी हतारो
तिनलाई
सुन्दा सुन्दा गलिसकेँ
भो अब के
को पार्टी मित्र
मैले विवाह गरिसकेँ ।।
सफा मनकी, सुशिल स्वभाभ
जोडी खोजेको भेटिसकेँ
सोझो मोरो सबैले
भन्थे
कस्सेर माया परिसक्यो
भो अब आमा
नउचाल्नु बुवा
छोरोले विवाह गरिसक्यो ।।
S.N.
S.N.