Thursday, August 4, 2011

दुई लाइन !

 रित्तो गाग्री टुलुटुलु मलाई हेर्छ
अनी प्रश्न गर्छ - 'जाने नै भइस ?'
-------
ड्रेसिङ टेबलमा काँइयो ….. लम्पसार
कतिखेर कुन चै को टाउकोमा जोतिने हो
-------
माया दार्ही
जति काट्यो, त्यती पलाउँछ
------
मैले उस्लाई हेरेँ, तर देखेको छैन
लामो नाक रै' त्यती हो  
-------
मैलो सिराने, च्यातिएको डस्ना
चुहिने छत, सिरकको व्यथा
-------
दुई पाथी धान, एउटा बोको
बोक्सिको उपचार !
------
जती हावा चले पनि, जती पात हल्ले पनि
तिमी आउने सन्देश कसैले दिएनन !
-------
अस्ती खेल सिकाएँ, हिजो खेल खेल्यौँ
आज तिमीले जित्यौ मैले हारेँ !
--------
तिमी अर्काकी भएकोमा कुनै अप्सोच छैन
कहिले पो मेरी थियौ !
---------
बिस्तारै बोलाएँ सुनिनौ
सारो बोलाँउदा अरु नै आउँलान नि ?
------
सम्झी रहनु पर्दैन तिमीले, नबिर्सीदिए पुग्छ
आफ्नो भनी रहनु पर्दैन तिमीले, अर्को नसम्झे पुग्छ !
--------
म ढिलो भएँ भन्यौ है !
तर बिचार गर त - म ढिलो भएँ कि तिमी छिटो ?

एस. एन.