________
द्रिष्य १ : एक अत्यन्त साधारण र साङुरो, अध्यारो कोठा
मौसम : बेतोड जाडो
रमेश झ्यालबाट बाहिर हेर्दै टोलाइ रहेको छ । बिक्रम एक कुनामा मुडामा बसेर फाटेको पाइन्ट सिलाउँदैछ ।
रमेश : ए बिक्कु, यदी तँ अहिलेको १०:३० बजे देखी भोली बिहानको १०:३० सम्म नाङगै, कट्टुमात्र लाएर बाहिर बसिस भने तलाई कसैले १० करोड दिन्छु भन्यो रे भने के गर्छस ? बस्छस यो जाडोमा बाहिर ?
बिक्रम : वाइहात ! तँ बस्छस ?
रमेश : साले मैले तलाँइ सोधेको पहिला, त भन्न के गर्छस ?
बिक्रमको आँखा सियोको टुप्पोमा गएर अढिन्छ । रमेशको जिज्ञासु आँखाले बिक्रमलाई हेर्दैछ ।
-x-x-x-x-x-x-x-x-x—
द्रिष्य २ : ठुलो भरिभराउ कोठा, ठुला झ्याल । भित्ताभरी सल्मान खानको बडा बडा पोस्टर ।
मौसम : बेतोड जाडो
सिम्रन र सुबाश सिरक भित्र गुटुमुटु बसेर ल्याप्टपमा 'तेरे नाम' हेर्दैछन । छेउमा चियाको २ गिलासबाट बाफ फैलिदैछ ।
सुबाश : यदी अहिले सल्मान खान हाम्रो घरमा आयो र 'म तिमीबिना बाँच्न सक्दिन सिम्रन, तिमीलाई माहारानी बनाएर राख्छु, Please म सँग बिहे गर' भन्यो भने तिमी के गर्छौ ?
सिम्रन : मेरो सल्मान त तिमी नै हौ नि प्रिय ।
सुबाश : साच्ची भनेको मैले, भनन के गर्छौ? सुबाश कि सम्लान ?
सिम्रनको आँखा छतमा गएर अडिए । सुबाशको आँखा सिम्रनमा ।
--x-x-x-x-x-x-x-x--
द्रिष्य ३ : ५ कोठाको घर, पक्की ।
मौसम : बेतोड जाडो
ममी आफ्नो ५ बर्षे छोरो अभीलाई सुताउने तर्खरमा .....
ममी : ल हिड अभी सुत्न, अबेला भो
अभी : नाइ म त आज पनि हजुरबासङगै सुत्ने, म जान्न के
हजुरबा : भै'गो नि त बुहारी आज म सगै सुतोस, लु आइज डल्ले नाती !
ममी : कती दु:ख दिनसक्छ भने नि, लौ त लौ हजुर नै सुताइस्यो
.
.
.
अभी : हजुरबा, तपाईंलाई हजुरामाले छोड्नु भाको हो ?
बा : हैन नानी
अभी : अनी किन हजुरामा हामीसँग बस्न आउन मान्नु हुन्न ? किन छुट्टै बस्नु हुन्छ ?
हजुरबाले दबेको स्वरमा, सासले बोल्दै भने - मलाई छोडेकी हैन, मैले छोडेको हुँ त्यस्लाई
अभी : हजुर ?
----------
राती १०:३० बजे
कोठा: उस्तै
मौसम : उस्तै
बिक्रम : हदै भएछ भने मरिन्छ । अहिलेचैँ कुन सब जिँउदो छु र ? बस्छु ! बाँचे भने नि ..... सोच त ।
सिम्रन : सल्मान, off course!
हजुरबा : भोलीबाट म सँग सुत्न पर्दैन भनेको, आजलाई भैगो ।
एस. एन .