कैले काखीमा च्याप्थ्यौ होली
बस्दा काखमा राख्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!
साँचो, पैसा, गर-गहना
विश्वाशले नै राख्थ्यौ होली
म तिम्रो भार बोक्थें होला
तिमी मलाई बोक्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!
गुलाबी साडी, म्याचिङ ब्याग
लजाँउदै ऐना हेर्थ्यौ होली
सुम्सुम्याउँदै, मुस्कुराउँदै
"मेरो ब्याग" भन्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!
--
एस. एन.