"एउटामात्र चक्र रे'छ
तपाईंको," पसुपती जाने बाटोमा 'यहाँ हात हेरिन्छ' बाबाले मेरो हात हेर्दै भनेका
थिए। "की राजा हुन्छन,
कि जोगी हुन्छन
एक चक्रेहरु।"
मेरी त्यो बेलाकी गर्लफ्रेण्ड
पनि सँगै थिइन्। उनीले मलाई बोलाउने नामको न्वरान गरिन 'राजा'। म दङ्ग परेँ। मैले पनि
छिल्लिदै 'म तिम्रो राजा, तिमी मेरी रानी,' भने। उ बेस्मारी मस्केकी थिइ। अनी हामी
दुवै हातमा हात राखेर 'राजाको रानी से प्यार हो गया....,' गाउँदै पसुपती दर्शन गर्न
ओरालो झर्यौँ। राजारानी मिलेर रोमान्टिक शहर पोखरा पनि पुगेकाथियौँ एकफेर। फेवाताल, बिन्दबासिनी, बेगनास ताल, शान्ति स्तुपा,
सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायतका ठाउँहरुमा बेपर्वाह बत्तासिएका थियौँ।
गर्लफ्रेण्डको नाम? त्यो चै नभनु होला है, माइन्ड नगर्नोस। त्यो बेला पो उ मेरी 'रानी'
थिइन्। ऐले त उ अर्कै कि महारानी छिन। मैले सुनेको त दुईटा घोर्ले युवराजहरुको सवारी पनि भइसक्यो रे! पोखराबाट फर्केको
करिब दुई महिनापछी उनको बिहे भयो। हाम्रो चितवन जाने प्लान चौपट! सारै चित्त दुख्यो।
हामी झगडा गरेर अथवा पारीवारले
छुट्याएर अलग भा थिएनौ। दुवैको राजीखुसी नै थियो। एकदिन मैले उस्लाई चितवन जाने प्रस्ताव
सुनाउँदा उस्ले 'लेट्स सि,' भनेकीथीइन्। भोलीपल्ट आएर आफ्नो बिहे हुन लागेको कुरो बताइन
एउटा हार्डवेर पसलेसँग। मैले 'किन?' भनेर सोधेँ। मलाई अझै याद छ उस्ले भनेका कुरा।
उस्ले भनेकी थि - "वेल मिस्टर दिलिप, तिमी राम्रो छौ, डन्ट गेट मि रङ, तर तिमी
'नट ए हज्बेन्ड मटेरियल'। यु आर ओन्ली ब्वाइफ्रेन्ड मटेरियल। तिमी 'स्टेबल' छैनौ। तिमीसँग
मैले धेरै रमाइला टाएमहरु बिताएँ एन्ड आइ थ्यान्क्यु फर द्-याट बट जिन्दगी बिताउने तिमीसँग?
आइ डन्ट थिंक सो! सरी।" यती भनेर उ फुइफुइ गर्दै फनक्क फर्केर गएकीथी। म त ट्वाँ
परे! पुरै प्रतिकृयासुन्य भएँ। मैले बुझिन कि भर्खरै के भयो। एकछिन आफुलाई निहाँले
मनमनै। परिवेसलाई समेट्ने कोशीस गरेँ। उस्ले भनेका कुराहरुको पोस्ट्मार्टम गरेँ। 'हज्बेन्ड
मटेरियल' हैन रे 'ब्वाइफ्रेन्ड म्टेरियल' रे! 'स्टेबल' छैन रे! म घोरीन थालेँ। के उस्ले
मलाई धम्की दे'की हो? कि उपदेश दे'की हो? कि गाली दे'की? जिस्केकी त पक्कै होइन। खैर
जे दे'की हो, अघाउँजी दे'र गइ।