"एउटामात्र चक्र रे'छ
तपाईंको," पसुपती जाने बाटोमा 'यहाँ हात हेरिन्छ' बाबाले मेरो हात हेर्दै भनेका
थिए। "की राजा हुन्छन,
कि जोगी हुन्छन
एक चक्रेहरु।"
मेरी त्यो बेलाकी गर्लफ्रेण्ड
पनि सँगै थिइन्। उनीले मलाई बोलाउने नामको न्वरान गरिन 'राजा'। म दङ्ग परेँ। मैले पनि
छिल्लिदै 'म तिम्रो राजा, तिमी मेरी रानी,' भने। उ बेस्मारी मस्केकी थिइ। अनी हामी
दुवै हातमा हात राखेर 'राजाको रानी से प्यार हो गया....,' गाउँदै पसुपती दर्शन गर्न
ओरालो झर्यौँ। राजारानी मिलेर रोमान्टिक शहर पोखरा पनि पुगेकाथियौँ एकफेर। फेवाताल, बिन्दबासिनी, बेगनास ताल, शान्ति स्तुपा,
सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायतका ठाउँहरुमा बेपर्वाह बत्तासिएका थियौँ।
गर्लफ्रेण्डको नाम? त्यो चै नभनु होला है, माइन्ड नगर्नोस। त्यो बेला पो उ मेरी 'रानी'
थिइन्। ऐले त उ अर्कै कि महारानी छिन। मैले सुनेको त दुईटा घोर्ले युवराजहरुको सवारी पनि भइसक्यो रे! पोखराबाट फर्केको
करिब दुई महिनापछी उनको बिहे भयो। हाम्रो चितवन जाने प्लान चौपट! सारै चित्त दुख्यो।
हामी झगडा गरेर अथवा पारीवारले
छुट्याएर अलग भा थिएनौ। दुवैको राजीखुसी नै थियो। एकदिन मैले उस्लाई चितवन जाने प्रस्ताव
सुनाउँदा उस्ले 'लेट्स सि,' भनेकीथीइन्। भोलीपल्ट आएर आफ्नो बिहे हुन लागेको कुरो बताइन
एउटा हार्डवेर पसलेसँग। मैले 'किन?' भनेर सोधेँ। मलाई अझै याद छ उस्ले भनेका कुरा।
उस्ले भनेकी थि - "वेल मिस्टर दिलिप, तिमी राम्रो छौ, डन्ट गेट मि रङ, तर तिमी
'नट ए हज्बेन्ड मटेरियल'। यु आर ओन्ली ब्वाइफ्रेन्ड मटेरियल। तिमी 'स्टेबल' छैनौ। तिमीसँग
मैले धेरै रमाइला टाएमहरु बिताएँ एन्ड आइ थ्यान्क्यु फर द्-याट बट जिन्दगी बिताउने तिमीसँग?
आइ डन्ट थिंक सो! सरी।" यती भनेर उ फुइफुइ गर्दै फनक्क फर्केर गएकीथी। म त ट्वाँ
परे! पुरै प्रतिकृयासुन्य भएँ। मैले बुझिन कि भर्खरै के भयो। एकछिन आफुलाई निहाँले
मनमनै। परिवेसलाई समेट्ने कोशीस गरेँ। उस्ले भनेका कुराहरुको पोस्ट्मार्टम गरेँ। 'हज्बेन्ड
मटेरियल' हैन रे 'ब्वाइफ्रेन्ड म्टेरियल' रे! 'स्टेबल' छैन रे! म घोरीन थालेँ। के उस्ले
मलाई धम्की दे'की हो? कि उपदेश दे'की हो? कि गाली दे'की? जिस्केकी त पक्कै होइन। खैर
जे दे'की हो, अघाउँजी दे'र गइ।
उस्को मुखबाट सधैं 'राजा' भनेको सुनेको धेरै पछी उनिले मेरो नामै काडेर 'दिलिप' भनेर बोलाइन। मलाई गाली गरेजस्तो लाग्यो। 'मिस्टर दिलिप' रे अझ! रुनु न हाँस्नुको अवस्था भयो मेरो। किनभने यो पल्ट परेको 'लभ' पैलेपैले भन्दा अल्ली भिन्न थियो, म ठान्थे। अचम्म त के थियो भने म मा पनि 'फिलिङ्स' आउन थालेकोथियो। अब बेला भयो घरजमको, सोच्न थालेँको थिएँ। निला हैन दिल गिला चलचित्रमा रुची बड्न थालेकोथियो - 'राजा हिन्दूस्तानी',
'हम दिल दे चुके सनम', 'दिल' आदी-इत्यादी। यि सिनेमा हेर्दा कतीपल्ट उनी मेरो काँधमा
सुक्सुँकाएकीथि। उनी नै मेरी आफ्नी हुन भन्ने तगडा विश्वाश पलाउन थालेकोथियो म भित्र
पनि। अनी मैले भित्र-भित्र योजना बनाएँ- चितवनमा विवाहको प्रस्ताब राख्ने योजना। तर चितवन पुग्नु अघी नै मेरो चित्त चुडेर लगी मोरीले - भारी भर्कम डाइलगका साथ। ति गालीहरु खान म कुनै पनि एङगलले 'प्रीपेएर्ड' थिइन। त्यसपछीका केही दिनहरु निक्कै नै असन्तुलित रह्यो। आफु टुलुटुलु उभिएर उन्का नानाभाती कुराहरु सुनीमात्र रहेकोमा साह्रै 'रिग्रेट' भयो। उनिले मेरो जिन्दगीको कागजमा मिठा-मिठा सपनाहरु लेखि अनी खै के सोचेर
हो त्यो कागजलाई पैला त चार टुक्रा पारी अनी कच्याक्कुचुक पारेर हुइँक्यादी। एकपल्ट
खुम्चिएको, च्यातिएको कागज फेरी पैलाको जस्तै सग्लो बन्न सक्छ र? च्यातिएको पैसालाई
टेपले टालेर चलाएको त देखेकोछु तर कागजको के मोल होला र कसैले टिपेर टाल्नलाई? - 'सी
डम्प्ड मि,'!
अब उ फेरी नयाँ पाना पल्टाउँदै थीइ जस्मा मेरो नामो-निसान हुनेछैन। सायद
त्यो हार्डवेर साहुको नाम बाट सुरु गर्छे होला हेडिङ लेख्न। यि सब कुराहरु सोच्दै म
मुरमुरिन्थेँ - त्यो दिनको द्रिस्यहरु मेरो दिमागमा मन्डराउन थाल्थे। मैले पनि भक्कु मुखभरी जवाफ दिनुपर्नेथ्यो, म सोँच्थे। मैले हान्नुपर्ने डाइलगहरु नहानेकोमा साह्रै थक्कथक्क हुन्थ्यो। उस्को बिहेमा गएर हिन्दी फिलिममा जस्तो 'ये सादी नही हो सक्ती,'
भनेर गड्गडाउने सोच बनाएँ। तर जतीजती उस्को बिहेको दिन नजिकिदैँ गयो उती उती मन मर्दै
गयो। 'ये सादी सायद हो भि सक्ती हे,' हुँदै 'आ.., होने दो सादी,' मा गएर मन अढियो।
फिलिमले जिन्दगीलाई अप्नाएर कथा बोल्न सक्ला तर जिन्दगीले फिलिमलाई अप्नाउन कहाँ सकिदोरै'छ
र! उ सुनामी बनेर आइ अनी 'कट्रिना' आँधी बनेर मलाई सोत्तर पारेर गइ - थुइक्क!
मैले अघी नै 'हामी राजीखुसीले छुटेका,' भने है? अनी फेरी अनेक आल्हाप-बिलाप
गर्दै पनि छु। तपाईं 'कन्फ्युज' हुनु त भा छैन नि? माथि भनेको कुरालाई अलीकती सच्याउछु
है त - उनी राजी थीइन्। म खुशी भइन।
इतिश्री!
सुरेश 'समान'