'सुरेशले आलु खाए,' ज्योति
माध्यमिक बिद्यालय,
इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात
भान्सामा
दिदीले आमालाई सुनाइ। 'अनी मेरो चैँ नाम निस्कियो, सिर्जना
निरौला- फेयर्ली पास।' आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। म 'फेल' भएँको थिएँ। आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने
सास जस्तो सुनिन्थ्यो। मेरो अगाडिको थालमा भात थपिदिदैँ आँफैसँग कुरा गरे जसरी बिस्तारै
भन्नुभयो - 'बुवा आएपछी कुरा नगरि भएन।' म झसङ्ग भएँ। भातमा ढुङ्गा टोके जस्तो! बुवाको चाँदे भेटिने भै'यो
भनेर मेरो होस् उड्यो। भात निल्न सकिन। घाँटी कोक्यायो। उता मेरै छेउमा बसेर खाँदै
गरेकी दिदी भने दङ्ग देखिन्थी। उस्को मसिनो खितीती म प्रस्ट सुन्न सक्थेँ। मेरो दिमाग
तातियो। रिसले आगो भएँ। मेरो पालो, थाल उठाएर उ तिर हुर्याइदिएँ। 'ल हाँस अझै झुम्री,'
भन्दै। आमाले एक्कैछिन अघी तरकारी थपी दिनुभा'थ्यो मेरो थालमा। त्यो अब दिदीको जिउभरी
थियो। त्यो दिन तरकारीमा आलुदम थियो।
त्यस्पछी मलाई कक्षा २ मा झारियो।
दिदी ५ मा गइ म २ मा झरेँ। 'कतीमा पढ्छौ?' भनेर सोध्नेहरु देखी झनक्क रिस उठ्थ्यो।
मलाई जिस्काउनैको लागि कोही त दिनदिनै सोध्थे, पछी बुझेँ। हुन पनी कक्षा २ मा पढ्ने
केटाकेटी भन्दा उमेरमा अनी उचाइमा ठुलै थिएँ।
कतीपल्ट त म चिनेको मान्छे अनी छिमेकीको घर छल्दै दौडन्थेँ पनि! 'कतीमा पढ्छौ?' सोध्छन भन्ने
डरले। भन्छन् - इख नभएको मान्छे र बिष नभएको सर्प काम लाग्दैन! त्यस्पछीका बर्षहरुमा
दिदीले भनेजस्तो आलु कहिल्यै खानु परेन।
…
मेरो प्रसंगलाई यतै रोकेर फलामे
ढोका मानिने, एसएलसीको कुरातिर एकैछिन यहाँहरुको ध्यान केन्द्रित गराउन चाहन्छु। गतबर्ष
२०६९ को एसएलसी परिक्षाको नतिजा निस्केपछी पत्रपत्रिकामा आएका केही 'हेड्लाइन्' हरु
यस्ता थिए - 'एसएलसीमा आधाभन्दा बढी फेल', 'एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी', 'एसएलसीमा फेल भएपछि आत्महत्या', 'एसएलसी ओरालै ओरालो' ..