कैले काख, कैले काँध पा'को
छोरो म…
आमा मेरा पोल खोल्थिन, लुक्न
खोज्थेँ म
उल्टै आमा सम्झाइदिने बा को
छोरो म
कैले काख, कैले काँध पा'को
छोरो म ।।
झोला बोकी स्कुल पढ्न गा'को
छोरो म
सफा जुत्ता, टाइ, ड्रेस ला'को
छोरो म
एक काँधमा हलो बोक्थे, मलाई
किताब भारी
अर्को काँधमा मलाई बोक्ने बा
को छोरो म
कैले काख, कैले काँध पा'को
छोरो म ।।