कैले काख, कैले काँध पा'को
छोरो म…
आमा मेरा पोल खोल्थिन, लुक्न
खोज्थेँ म
उल्टै आमा सम्झाइदिने बा को
छोरो म
कैले काख, कैले काँध पा'को
छोरो म ।।
झोला बोकी स्कुल पढ्न गा'को
छोरो म
सफा जुत्ता, टाइ, ड्रेस ला'को
छोरो म
एक काँधमा हलो बोक्थे, मलाई
किताब भारी
अर्को काँधमा मलाई बोक्ने बा
को छोरो म
कैले काख, कैले काँध पा'को
छोरो म ।।
चकचके थेँ, दुईचार झापु खा'को
छोरो म
असल बन्न सम्झाउनु भा'को छोरो
म
बा ले पिटे, आमासँग रोइदिन्थे
म
फकाएरै रुवाइदिने बा को छोरो
म
कैले काख, कैले काँध पा'को
छोरो म ।।
हेर्दाहेर्दै कती ठुलो भा'को
छोरो म
देशबिदेश दिशा चार - घुम्न
पा'को छोरो म
मलाई आफ्नै चिन्ता, चल्छ द्रब्य
दौड
'चिन्ता नली म छु,' भन्ने बा
को छोरो म
कैले काख, कैले काँध पा'को
छोरो म ।।
सुरेश 'समान'