Wednesday, January 15, 2014

मनै त हो..

झरना, खोला, कन्दराको डोबहरु पछ्याउँछ यो
मनै हो कैले खुशी कैले चोट बल्झाउँछ यो
बाहिर बादल लाग्दा पनि भित्र शितल मनै हो
हँसाइदिन्छ, रुवाइदिन्छ के के मात्र गराउँछ यो ।।

एकछिन खाली बस्दैन यो बालख हो, नानी हो यो
मनै हो कैले ढुङ्गो, कैले तरल पानी हो यो
बैगुनीलाई गुनले मार्ने फराकिलो मनै हो
माया लाउँछ, मन पराउँछ- राजा हो यो रानी हो यो ।।

कसेर नि कसिदैन, बाँधेर बाँधिन्छ यो
मनै हो कैले के मा कैले को मा अल्झिन्छ यो
चरा जस्तै उड्नसक्ने संसार डुल्ने मनै हो
अँध्यारोमा दिप बनी दसौँ दिशा टल्किन्छ यो ।।

पहाडजस्तो ठुलो बनाउँ, तिमी हाम्रो चित्र हो यो
मनै हो तिमी हामी, तिम्रो हाम्रो मित्र हो यो
जिन्दगीमा ठेस लाग्दा, आँसु बन्ने मनै हो               
आँसु पुछ्दै हौस्याइदिने, हामी जम्मै भित्र यो ।।

- सुरेश 'समान'