'म मरे पनि मेरो देश बाँची राखोस्...
हिमालका टाकुरामा,
नेपालीका पाखुरामा
चन्द्र र
सुर्य अंकित झण्डा फर्फर नाँचिरहोस् ....'
शिव शंकरको यो गीतमा बहेका शब्द-शब्दको अर्थ-अर्थ साचो रुपमा आज
मेरो मनमस्तिकमा बारम्बार बल्झीरहेकोछ । झसङ्ग-झसङ्ग झस्किन्छु बेलाबेला । जिउभरी काँडा
उम्रिन्छन् । 'कतै म भन्दा पहिला मेरो देश पो मर्ने भो कि?' मेरो अंतस्करणको भित्रभित्रै
कताकता कुनामा यो प्रश्नको कोर्रा महसुस् हुन्छ ।
बैसाख १२, २०७२ शनिबारको बिहानीमा कालो अध्यारी छायो जब कालरुपी
भुकम्पले देशमा रणताण्डव मच्चाइ दियो । भुकम्प गएको यतिका घडी बितीसक्दा पनि त्यस्को
धक्काहरु बेलाबेला बल्झिदैछन् । 'अब के हुने हो', को डरले भित्रभित्रै कुँडिएकोछ लाखौं
नेपाली मन । हामीबिच आएको भर्खरैको कलिलो नयाँ बर्षको न्वारन पनि राम्रोसँग हुन नपाउँदै
आज हाम्रा प्रियजन अनी बर्सौँ पुराना, विश्वमा कहलिएका सांकृतिक धरोहरहरु माथि कात्रो
ओढाउन वाध्य छौँ हामी । प्रक्रितीको यो धारिलो निर्मम प्रहारले सम्पूर्ण नेपाली मन
भुत्ते, लल्याक्लुलुक बनाइदिएकोछ । यो कस्तो अनी के को सजाय प्रक्रितीले दिँदैछिन्
त्यो उनी नै जानुन् अनी त्यस्को क्षतीको लेखाजोखा पनि उनैले गरुन् । बाँचेछौ भने हामीपनी
हेरौँला!
म जस्तै लाखौँ नेपालीहरु जो बिदेशमा छौँ, हामी तर्थरिएकाछौँ । हामी
जुन जग बसाउन बिदेसिएकाछौ त्यो जग चर्किएको, धसिएको महसुस् हुँदैछ । हाम्रो गुँड एकै
झट्कामा तहसनहस भएको द्रिस्यहरु, खबरहरु हेर्दा-सुन्दा सारा शरीर चिसिएर आउँछ । हामी
उडेर, उफ्रेर, दौडेर, पौडेर जसरी हुन्छ हामी आफन्त-परिवार, साथिभाइ माझ पुग्न चाहन्छौ
। त्या हुन चाहन्छौ, देशलाई छुन चाहन्छौ । हामीले देश छोडे पनि हामीभित्र बसेको देशलाई
कहिल्यै पनि छोड्न सक्दैनौ, कहिल्यै पनि । बिदेशमा देखेका भोगेका स-साना कुराहरुले
पनि हामीलाई नेपालको याद दिलाउँछ । चिसो-चिसो घमाइलो दिनले हामीलाई दसैं-तिहारको झल्को
दिलाउँछ । हामीले खाने म:म मा असनको गल्लीमा पाइने जस्तो स्वाद भरिएको हुँदैन जतिनै
कोशीस गरेपनी । अनी हामी ति दिनका ति ठाउँका कुरामा भाभुक हुन्छौ । पाकेटमा पाइने पानीपुरीमा
बानेस्वरको गल्लीको स्वाद, अँह! हरेक चिजमा हामी नेपालीपनको त्यो 'पनत्व' खोज्छौ ।
सोसल मिडियाले त झन आज हामी झनै नजिएका छौँ । आजको संकटको घडीमा
९० सालजस्तो हुँदो हो त हामीमा पर्न जाने चोट आजको युगकाले कल्पना पनि गर्न सक्दैन
शायद । यो आपतको घडीमा हामी धन्य छौँ कि देश बिदेशमा बस्ने नेपालीहरु आ-आफ्नो गछ्छेले,
दक्षले भ्याएजती हरेक कोणबाट सहयोगको लागि तत्परछौँ । सक्दो गर्दैछौँ । सक्दो गर्नेछौँ
। हेरक घण्टा बदलिरहेको स्तिथीले हाम्रा आँखा रसाए पनि हाम्रो द्रिढता, हाम्रो तत्परतालाई
एक इन्च पनि एता को उता पार्न सक्नेछैन । आपत-बिपतको खबरदारी, आर्थिक सहयोग, नैतीक
सहयोग, सल्लाह-सुझाव अनी आपसी अैक्यबध्यतामा हामी तदारुकताका साथ लागि परेकाछौँ र तबसम्म
लाग्नेछौ जबसम्म हाम्रो शिर भएर उभिएको सगरमाथामा पुन: हिउँको बाक्लो ओढ्ने लाग्नेछैन
। तबसम्म हामी रुक्ने छैनौँ जबसम्म हाम्रो धरोहर धरहरा पुन: हाम्रो देशको नाक बनेर
खडा हुनेछैन । तबसम्म हामी झुक्ने छैनौँ जबसम्म हाम्रा भात्किएका पुरातात्विक सम्पदाहरुको
यो नयाँ युगमा पुन: उदाउने छैनन् । हाम्रो तन, मन, धन सबै जुटाएर, हरेक नेपाली, सिर्फ
र सिर्फ नेपाली भएर जबसम्म हामी देशको सिर उच्च पार्न सक्दैनौ तबसम्म हाम्रो होस्टे
मा हैँसे रोकिनेवाला छैन । रोकिनु कदापी हुँदैन ।
हामी धेरै आभारी छौ ति हरेक राष्ट्र अनी राष्ट्रवासीहरु प्रती जो
यो हाम्रो आपतको घडीमा हामीलाई एक असल छिमेकी बनेर काँध दिन तल्लिन छन् । आपतबिपत पर्दा
कोही दुस्मन नहुँदो रहेछ भन्ने पाठ हामी भारत त पाकिस्तानबाट नेपालमा खट्न आएका टोलीबाट
लिनसक्छौँ । हामीलाई राष्ट्रनिर्माणमा हौस्याउने सम्पूर्ण राष्ट्रहरुमा सादर नमन ।
हाम्रो देशमा भएका नितीनियम बनाउनेहरुलाई पनि यो एक पाठ बनोस् । आजसम्म आफ्नो उर्जा
जसरी पाँच, सात, नौ प्रदेशको गोट्टी खेल्नमा बिताए, त्यो सारा उर्जा एक राष्ट्रको निर्माणमा
खर्चिउन् । आफ्ना कार्यकर्ताहरुलाई भत्किएका अनी जिर्ण अवस्थामा रहेका भवन, पुल, सडक,
सम्पदा आदी निर्माणमा लगाउन् । सम्पूर्ण नेपालीको साथ रहनेछ यो कार्यमा । प्राकृतिक
प्रकोपले कसैलाई छोड्दैन चाहे त्यो नेता-सभासद नै किन नहोस् । चेतना भया ।
अहिलेको यो
नाजुक घडीमा नेपालमा हुनेहरुले कृपया सतर्कता अनी सावधानी अपनाउनुहोला । भरसके खुला
ठाउँमा बस्नुहोला, ठुला भवन, घरबाट पर । आफ्नो श्वास्थ ख्याल राख्नुहोला । रोगी, बिरामी,
बुढाबुढी, केटाकेटीको बिशेष हेरबिचारमा घरका अन्य सदस्यले ध्यान पुर्याउनुहोला । हामी
सम्पूर्ण बिदेसिएका नेपालीहरु तपाईंहरुकोलागी गर्नसक्ने सहयोग अनी धेरैधेरै प्रथानामा
लागेकाछौं । आ-आफ्नो परिवारको सदस्यहरुसँग मिलेसम्म संपर्क गर्नुहोला । हामी पनी सक्दो
संपर्कमा रहनेछौ । हामी सँगै मिलेर यो कालरात्री कटाउनुपर्छ । ‘हिमालका टाकुरामा, नेपालीका
पाखुरामा…चन्द्र र सुर्य अंकित झण्डा फर्फर नाँचिरहोस्…’ गित यतार्थ बनेर आउनेछ । हामी
विश्वस्त छौँ ।
नेपालीहरु
चाहे नेपालमा हुन या जहाँ भए पनि जता भए पनि पर्दा सहयोग गर्ने बानी हाम्रो महानता
नै मान्नुपर्छ । हामीभित्र तो डिएनए जन्मजातै रहेकोछ । जीवनमा यस्ता धेरै भुकम्पहरु
आउनसक्छन् तर हामी ति भुकम्पहरुलाई नै जीवन कदापी मान्दैनौ । भवनहरु ढल्न सक्छन् तर
हाम्रो भावना छिसिक्कै पनि कोतारिने छैन । ढलेका भवनहरु खडा गर्नसक्ने पौरख र पसिनाको
सागर छ हामीभित्र । यस हिसाबले हामी भुकम्प प्रुफ् छौँ, थेत्तरो छौ । भुकम्पमा परेर
ज्यान गुमाउनेहरुको आत्मशान्तीको कामना अनी सोक संतप्त परिवारप्रती हार्दिक हार्दिक
समवेदना । धैर्यधारण गरेर अगाडि बढौँ।
सुरेश 'समान'