Tuesday, June 28, 2011

बर्षात !! (कबिता )

आज बर्षात पर्‍यो
सम्झन्छौ कि सम्झन्नौ त्यो रात पनि बर्षात परेको थियो
मेरा आँखाका आँसु मुल्यहिन भइ पानीमा घुलिए
याद गर्यौ कि गरेनौ त्यो रात पनि मेरा आँखाका आँसु मुल्यहिन भइ पानीमा घुलिएका थिए

तिमीलाई कसैले हेर्दा मलाई जलन हुन्थियो
ति रुखका पातहरु तिम्रो शरीरको शुवासमा मस्त बनी चहलपहल गरेको देख्दा मलाई शहन - हुन्नथ्यो
ति ताराहरुले तिमीलाई घोप्टी-घोप्टी हेरेको देख्दा म छट्पटिन्थे
अनी त्यो चन्द्र भनौदोको प्रकाशले हाम्रो गोपनियता भङग गर्दैगर्दा म लट्पटिन्थे

तर
तर आज तिनै रुख, तारा अनी चन्द्रले मलाई गिज्याइरहेछन
मलाई एक्लो अनी निरिह देखी दाँत ङिचच्याइरहेछन
लाग्छ आफ्नो चितामा आँफै दागबत्ती दिदैछु
बाजा-गाजा, रङ-रौनक, झिलिमिली, सबै खुशी-यी कस्ता मलामी ?

अब अहिले म लाचार अनी बिबस लमतन्न सडकमा रुझी रहेछु
ख्याल गर्यौ कि गरेनौ त्यो रात पनि म लाचार अनी बिबस लमतन्न सडकमा रुझी रहेथे
तिमी पराइ भइरहेकीथियौ
म कता कता अन्धकारमा हराइ रहेकोथिए । ।
 एस. एन.