Thursday, February 2, 2012

श्वासनी - लोग्ने


गुजुमुज्ज, गजधम्म, लट्टाधारी, छरपस्ट
फोटा अगाडि
ढसमस्स, थ्याच्च, मनसान्त, आँखा चिम्म
श्वासनी बस्छे अनी भन्छे - "बुद्धी दिनोस, मेरो लोग्नेलाई, बुद्धी दिनोस हे भोलेनाथ !"

बेमत्लबी, बेवकुफ, बेसुरा, बेवफाको
बेवास्तालाई सम्झिदै
जर्याक्जुरुक, फर्याक्फुरुक, रौसिएर, हौसिएर
श्वासनी रुन्छे अनी भन्छे - "लैजाउ प्रभु तिमी सँगै, पुग्यो बाँच्न जगतमा"

लमतन्न, भताभुङ्ग, छरपस्ट, कुचुमुच्च
ओछ्यानमा पल्टिएर
बुद्धीभ्रस्ट, विवेकसुन्य, जाँड-टिल्ल, सिरकभित्र
लोग्ने पस्छ अनी भन्छ- " कता मरिस ! खै चिया ले !”
- एस. एन.