Saturday, July 7, 2012

झटारो - एसएलसीको


पछील्ला केही समाचारहरु:
“एसएलसीमा आधाभन्दा बढी फेल”, “एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी”, “एसएलसीमा फेल भएपछि आत्महत्या”, “एसएलसी ओरालै ओरालो”............
शिक्षामा राजनीति भित्रिए पछी यस्तै हुन्छ राजनीतिमा शिक्षाको आवश्यकता , उल्टो होइन अर्बको सरकारी खर्च चार वर्षको समय व्यर्थमा खर्च गरेर २०६९ जेठ १५ को मध्यरातपछि संविधानसभा १०० % फेल भयो आज ५२.८४ प्रतिशत विद्यार्थीफेल’ भए पढ्दा दु:खलाग्छ यो 'फेल' भन्ने शब्द शिक्षामा किन प्रयोग गरिन्छ? फेल ६०१ सभासद भा'का हुन फेल ति आडम्बरी नेताहरु भा'का हुन जनताको सपनाको खेती गर्ने, बन्द, जुलुस, तोडफोड गर्ने ति सारा पाखण्डीहरु फेल भएका हुन विद्यार्थी कहिलै फेल हुँदैन मनै कटक्क हुन्छ यो 'फेल' शब्द सुन्दा 'you failed' भनेर घाऊमा नुनचुक किन छर्किने ? "एसएलसीमा फेल भएपछि आत्महत्या" जस्ता अत्यन्त मार्मिक खबर सुन्न नपरोस । मेरो शुभकामना सम्पूर्ण १० कक्षासम्म पुगेर एसएलसी दिनुभएकाहरुलाई । कक्षा १० सम्म पुग्ने तपाईं विद्यार्थीहरु आजका धेरै नेताहरु भन्दा सिक्षित हुनुभयो । अर्को बर्ष अझ मेहेनत गर्नु होला ।

हिसाब पनि कस्तो - सरकारले दस वर्षे विद्यालय शिक्षाका लागि खर्बभन्दा बढी खर्च गर्दै आएको रे अनी आधा भन्दा बढी फेल भएकोले खर्ब खेर गयो रे ! मेरो प्रश्न - आज खर्ब रुपैयाँको प्रतिफल नदिने शिक्षा किन चाहियो? भन्नेहरुलाई - अर्ब सरकारी खर्चको प्रतिफल नदिने फेरी संबिधानसभाको निर्वाचन किन चाहियो ? सरकारले  पास संख्या बढाउन पहिले किन विद्यार्थी फेल हुन्छन्? भन्ने थाहा पाउनुपर्छ घोकन्ते रटन्ते शिक्षा शीघ्रवाष्पशील हुन्छ  /
विद्यार्थी भनेको मेरो बिचारमा काँचो माटो जस्तै हुन शिक्षक शिक्षा प्रणाली कुमाले हुन कुमालेले काँचो माटोलाई कुन आकार दिन्छ त्यो कुमालेको हातमा भर पर्छ सुरुवाती हस्तक्षेपको आवश्यकता स्कुल भर्ना हुने उमेर बाट नै सुरुवाती हस्तक्षेप परिवारबाट अनी शिक्षकबाट सुरुहुन्छ कापीकलम, पुस्तक किनीदिदैमा परिवारको कर्तब्य पुरा हुँदैन अनी किताब खोलेर भटट पढाउदै गृहकार्य दिदैमा शिक्षकको कर्तब्य पुरा हुँदैन शिक्षक विद्यार्थीको सम्बन्ध कक्ष्याकोठा भन्दा बाहिर पनि झल्किनु पर्छ यो सम्बन्धको पाइला शिक्षकले नै अघी बढाउनु पर्छ बिशेषगरी त्यस्ता बिद्यार्थी तर्फ पाइला बढाउनु पर्छ जो परिक्षामा अनी कक्षामा संघर्शको सामना गर्दैछन विद्यार्थीको अध्ययनसिलता, कार्यसैली अनी शिक्षा ग्रहणको क्षमताको सल्यकृया हुनु जरुरी अनी सरकारले खर्च प्रयोगात्मक शिक्षामा खर्च गर्नु अत्यावसक
पनि बेला कक्षा बाट मा उक्लिन सकिन, ठाडो भाषामा भन्नु पर्दा 'फेल' भएँको थिएँ ज्योति माध्यमिक इटहरीमा हो कि बिषय लागेर बिग्रे भनेर मेरा बेलाका शिक्षक / शिक्षिकाको मेरो घरमा 'तपाइँको छोरो खत्तम भयो' भनेर सुनाएछन ।  मेरी दिदी कक्षा मा थियौँ, एउटै क्लासमा त्यस्पछी मलाई कक्षा मा झारियो दिदी मा गइ  मा झरेँ 'कतीमा पढ्छौ?' भनेर सोध्नेहरु देखी झनक्क रिस उठ्थ्यो मलाई जिस्काउनैको लागि कोही कोही दिनदिनै सोध्थे, आज बुझ्दैछु हुन पनी मा पढ्ने केटाकेटी भन्दा उमेरमा अनी उचाइमा ठुलै थिएँ स्कुलको ड्रेस लाएको बेलामा सबैबाट टाढा नै हुन्थे । कतीपल्ट त म चिनेको मान्छे अनी छिमेकीको घर छल्दै दौडेको पनि याद छ !
बहुसंख्यक युवालाई अयोग्य सिद्ध गर्ने एसएलसी परीक्षाको हाउगुजीलाई समाप्त गर्न ढिलो गर्न नहुने देखिन्छ। सरकार, विद्यालयका शिक्षक सञ्चालकले मात्र हैन परिवारले समेत दोष तिनै पीडित बालबालिकामाथि थोपर्छन्। एसएलसी सकिएपछी अनी परिक्षाफल प्रकाशित हुनु अघी बिचको समय निकै महत्वपूर्ण हुन्छ यो बेलामा पारीवार अनी स्कुलका शिक्षक शिक्षिकाहरुको भूमिका सकृयाता झन बड्नु आवश्यक बिशेषगरी कक्षामा अनी पढाईमा संघर्सरत विद्यार्थीहरु प्रती ता कि "एसएलसीमा फेल भएपछि आत्महत्या" जस्ता अत्यन्त मार्मिक खबर सुन्न नपरोस आफु परिक्षामा उतिर्ण नहुने प्राय: पक्का हुने विद्यार्थीहरुको मानसिक्ता बुज्ने अनी उनीहरुलाई अर्को पटकको लागि प्रेरणा हौसला दिन जरुरी
-    S.N.
Sources: