मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन
होला
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन
होला
उस्तै छ कि परीबेश, बद्लिसक्यो
मित्र ?
ट्युसन, क्याम्पस, स्कुलतिर ठिटाठिटी
धाउँछन होला ।।
यादै होला तिमीलाई पनि नहरमा पौडिएको
२-४ रुपँया भेलापारी फिलिम हेर्न
दौडिएको
चल्दैछ कि हाम्रो साइकल, थोत्री
सक्यो मित्र ?
भुराभुरी दसैंतिहार नयाँ नाना
लाउँछन होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन
होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन
होला ……