1.
चिसा दाउरा
पिरो धुँवा,
झुक्याउने आँसु !!
2.
गुलियो चिनी
कडा रङ्ग,
खल्लो चिया ।।
3.
मेरो कोशीस
तिम्रो ढिट,
एक हाते ताली ।।
4.
बिदेशी छोरो
फर्किन्छ देश,
नर्स बुहारी ।।
5.
रित्तो गाग्री
उल्टो चप्पल,
केरा जस्तो !!
6.
साउनीको भट्टी
ढल्दो उमेर,
खस्कदो ब्यापार ।।
7.
चुच्चो नाककि
थेप्चो नाकको,
मिलन असम्भब !!
8.
सोच्ने जीवन
भोग्ने जीवन,
आकाश-पातल ।।
9.
फाटेको मोजा
टल्कने बुट,
सस्तो ढर्रा ।।
10.
पस्केको भात
मातेको लोग्ने,
कठै ! स्वास्नी ।।
11.
पाइन खबर
बाढिन खबर,
दोशी किल्किले ।।
12.
तरुनो मन
नसम्हाले,
आकासे थुक ।।
13.
घरको बास
स्वास्नीको कमाइ,
पुरुष इगो ।।
14.
राता गाला
झुकेको शिर,
लाजैले हो त ?
एस. एन.