नयाँ सपना,परिवर्तन रोकी बोलाउँदैछ
किनारले
खियाउँदैछु उत्तर-उत्तर, धकेल्दैछ
बहावले
आँधीहुरी बनी आउँछ प्राचिन
वायु पुर्वको
कुन्ठ्याउँछ, खुम्च्याउँछ-गर्नु
गर्छ दवाबले ..
द्रब्य जोड्ने भब्य होड्मा
लगाउँदैछ किनारले
चिहाउँदैछु देशभित्र, खाडी
ठेल्छ अभावले
आँसु देख्छु, आस देख्छु, ढक्क फुलेका सास देख्छु
कैले उँभो, कैले उँधो-गर्नु गर्छ लगावले ..
- सुरेश 'समान'