Tuesday, January 10, 2012

छोट्करी !!

म बिलाएको छैन म जिउँदै छु
पर्ख, बिस्तारै उठौला म पिउदैछु
जती हाँस्छौ हाँस आज यो रात बाँकी छँदै
हाँसोले नै म पनि उध्रिएको मन सिउँदौछु ।।

त्यएसै घाइते मेरो मनमा, छर्किदीइन नुन
अब ! भुत्रो जस्तो लाग्छन तारा, भुत्रै देख्छु जुन
जती नाच्छौ नाँच आज यो रात बाँकी छँदै
भोली उठ्छु, मुख धुन्छु, लेख्छु नयाँ धुन ।।

Friday, December 9, 2011

३ द्रिष्य

राती १० बजे !
________
द्रिष्य १ : एक अत्यन्त साधारण र साङुरो, अध्यारो कोठा
मौसम : बेतोड जाडो

रमेश झ्यालबाट बाहिर हेर्दै टोलाइ रहेको छ । बिक्रम एक कुनामा मुडामा बसेर फाटेको पाइन्ट सिलाउँदैछ ।
रमेश : ए बिक्कु, यदी तँ अहिलेको १०:३० बजे देखी भोली बिहानको १०:३० सम्म नाङगै, कट्टुमात्र लाएर बाहिर बसिस भने तलाई कसैले १० करोड दिन्छु भन्यो रे भने के गर्छस ? बस्छस यो जाडोमा बाहिर ?
बिक्रम : वाइहात ! तँ बस्छस ?
रमेश : साले मैले तलाँइ सोधेको पहिला, त भन्न के गर्छस ?
बिक्रमको आँखा सियोको टुप्पोमा गएर अढिन्छ । रमेशको जिज्ञासु आँखाले बिक्रमलाई हेर्दैछ ।
-x-x-x-x-x-x-x-x-x—
द्रिष्य २ : ठुलो भरिभराउ कोठा, ठुला झ्याल । भित्ताभरी सल्मान खानको बडा बडा पोस्टर ।
मौसम : बेतोड जाडो

सिम्रन र सुबाश सिरक भित्र गुटुमुटु बसेर ल्याप्टपमा 'तेरे नाम' हेर्दैछन । छेउमा चियाको २ गिलासबाट बाफ फैलिदैछ ।
सुबाश : यदी अहिले सल्मान खान हाम्रो घरमा आयो र 'म तिमीबिना बाँच्न सक्दिन सिम्रन, तिमीलाई माहारानी बनाएर राख्छु, Please म सँग बिहे गर' भन्यो भने तिमी के गर्छौ ?
सिम्रन : मेरो सल्मान त तिमी नै हौ नि प्रिय ।
सुबाश : साच्ची भनेको मैले, भनन के गर्छौ? सुबाश कि सम्लान ?
सिम्रनको आँखा छतमा गएर अडिए । सुबाशको आँखा सिम्रनमा ।
--x-x-x-x-x-x-x-x--

Wednesday, September 28, 2011

बाटो


थिगिरी थिगिरी हिंड्ने बाटोमा
आज गोली चल्छन रे
घुगुती खेलाउने पाउ आज
खै किन हो छिट्टै गल्छन रे
मैले धेरै छुटाँए
कि बाट धेरै छुट्टीए ?
आस दियो बल्ने ठाँउमा
आज राँको पो बल्छन रे !!

Thursday, August 18, 2011

आमा

च्यातिएको दौरा मेरो सिलाउदैछिन आमा
सुतेको सिरक डस्ना मिलाउदैछिन आमा
हुर्किएको छोरो लुगा उनै धुन्छिन
मैला मेरा लुगाहरु केलाउदैछिन आमा !!

चिया पाक्छ मिलिक्कै, खाजा नास्ता त्यस्तै
तातो खान नसक्ने , सेलाउदैछीन आमा
मिठ्ठाइ लिन मेरै लागि बजार कती धाउछिन
'आइज बाबु खान' भनी बोलाँउदैछिन आमा !!

गजल

थुप्रिएको ब्यथा माथि अझ ब्यथा थुप्रिदिदा
सपनिमा तिमीलाई सम्झी छट्पटीदै उफ्रिदिदा
छाती चर्कियो, मुटु धड्कियो, अनायसै घात लाग्यो
खाँदै नखाइ सराब पनि खाएजस्तै मात लाग्यो !!
--------------- 
त्यो नितिम्रो रातो सारी लाएर बस्नु
मलाई ढिला भयो भने तिमीले चैं खाएर बस्नु ...
आउने सन्देश,त्यो बतासले दियो नै होला...
आफ्ना कुरा भन्नु , तिम्रा कुरा  सुन्नु  ...
घाँस - दाउरा, चुलो, भात-भान्सा  सबै भ्याएर बस्नु

Saturday, August 13, 2011

आदर्श पुरुषको बत्तीस लक्षण !

पूर्वीय सभ्यता प्राचीन कालदेखि नै सौन्दर्यप्रति सजग पाइन्छ । यहाँका मनिषीहरूले कस्ता नरनारी सुन्दर एवं शुभदर्शना हुन्छन् भनेर धेरै कृतिमार्फत् वर्णन गरेका छन् । धेरै मात्रामा नारी सौन्दर्यलाई नै महत्त्व दिइएको पाइए पनि पूर्वीय शास्त्रमा पुरुष सौन्दर्यलाई पनि पर्याप्त स्थान दिइएको छ । पूर्वीय दर्शनमा विशिष्ट व्यक्तिहरूका शरीर एवं स्वभावमा हुने प्रसिद्ध बत्तीसवटा शुभलक्षण बताइएको छ । यस्ता लक्षण हुने पुरुष प्राचीन भारतवर्षमा आदर्श मानिन्थ्ये ।
१. पद्मासनमा बस्दा वृत्ताकार आसन हुनु
२. औँला लामा-लामा हुनु
३. औँला जोड्दा टम्म मिल्ने हुनु
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु
५. शरीर सात प्रकारले सुवासित हुनु
६. हरिणका जस्ता फिला
७. गुप्तांगहरू हात्तीका अण्डकोषजस्तै गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु
९. शरीरका विभिन्न अंग सुगठित रहनु
१०. काँध पुष्ट, चौडा एवं गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने तथा तलसम्म पुग्ने हुनु