Tuesday, June 28, 2011

शुभप्रभात ! (मुक्तक)

निस्पट्ट, चिसो, सुन्सान
उछरिन्कल सल्बलाउने बेला, खोज्दै मौका
कोही नबोल्दाको स्वर,कानमा ठोक्किन्छन एकनास
उत्तानो, घोप्टो, लमतन्न, भित्तोनेर, पर.... खुईssssssss
......
चिसै,स्याम-स्वेत, चिर्बिर, भरिएको नली....भित्तोनेर
 शुभप्रभात!

एस. एन.

facebook (हाँसो)

धेरै पछी,

Log in: Sureshniraula267@hotmail.com
Password: xxxxxxxxxxxxxx

 उन्को तस्बिर देखेँ,

एल्बमको नाम "GOOD TIMESSSSSSS”

पहिलो फोटो - " आहा! कती राम्री, झन राम्री भइछे"
दोस्रो फोटो - " दाई होला त्यो साइडको"
तेस्रो- " परिवार जस्तो छ,ठयाकै आमा रइछे"
चौंथो - "आइँ !! साबित्रे, कमला र गायत्री पनि पो रइछन त"
पाँचौं - "बिन्दबासिनी मन्दिर!, मन्दिर पछाडि खुब ढोल खेलिन्थियो"
छैटौं - " ओहो !! कती धेरै मान्छे"
सातौं - "जग्गे सग्गे पो छ त, कुन चै को बिहेमा गैछ?"
आठौँ - "कस्तो धमिलो, एस्तो फोटो पनि के राखेको?"
नोवौं - "हँ !! रातो साडी, रातो चोलो, मेहेन्दी, गहना, ,,,,,,?"
दसौं - " रातो निधार ????????????????"

BAD TIMESSSSSSS

Log out.

Search: 'yo samjhine man cha ma birsu kasori' -narayan gopal

एस. एन. 

बर्षात !! (कबिता )

आज बर्षात पर्‍यो
सम्झन्छौ कि सम्झन्नौ त्यो रात पनि बर्षात परेको थियो
मेरा आँखाका आँसु मुल्यहिन भइ पानीमा घुलिए
याद गर्यौ कि गरेनौ त्यो रात पनि मेरा आँखाका आँसु मुल्यहिन भइ पानीमा घुलिएका थिए

तिमीलाई कसैले हेर्दा मलाई जलन हुन्थियो
ति रुखका पातहरु तिम्रो शरीरको शुवासमा मस्त बनी चहलपहल गरेको देख्दा मलाई शहन - हुन्नथ्यो
ति ताराहरुले तिमीलाई घोप्टी-घोप्टी हेरेको देख्दा म छट्पटिन्थे
अनी त्यो चन्द्र भनौदोको प्रकाशले हाम्रो गोपनियता भङग गर्दैगर्दा म लट्पटिन्थे

तर
तर आज तिनै रुख, तारा अनी चन्द्रले मलाई गिज्याइरहेछन
मलाई एक्लो अनी निरिह देखी दाँत ङिचच्याइरहेछन
लाग्छ आफ्नो चितामा आँफै दागबत्ती दिदैछु
बाजा-गाजा, रङ-रौनक, झिलिमिली, सबै खुशी-यी कस्ता मलामी ?

अब अहिले म लाचार अनी बिबस लमतन्न सडकमा रुझी रहेछु
ख्याल गर्यौ कि गरेनौ त्यो रात पनि म लाचार अनी बिबस लमतन्न सडकमा रुझी रहेथे
तिमी पराइ भइरहेकीथियौ
म कता कता अन्धकारमा हराइ रहेकोथिए । ।
 एस. एन.

प्लास्टिकको फुल ! (कबिता )

म फुल हो
फुल म होइन
हामी उस्तै उस्तै हौँ
उही होइनौ

फुलमा प्राण हुन्छ
उ सोभा हो
म निर्जिब छु
म भ्रम हो
उ प्रक्रितीको श्रीजना हो,
म होइन

उ प्रतिक हो
बिजयको, बलिदानको , प्रेमको, श्रिङ्गारको, इस्वरको, पर्वको
उस्ले भाव प्रसारण गर्छ
मन्दिरको सोभा,पूजाको सर्दाम हो

म पोलिस्टर,नाइलन,सिल्क,प्लास्टिक,कागज आदी हुँ
मेरो निर्माण हुन्छ
श्वास, शुवास झिकिएको, बिकास मारिएको
प्रेमीले प्रेमिकालाई दिन नचाहने,
भँवरा, मौरी टाढा भाग्ने
म हुँदाहुँदैपनी नभये जस्तो फुल
फुल म होइन
हामी उस्तै उस्तै हौँ
उही होइनौ….

उ गोडिन्छ, रोपिन्छ
मल-जलको स्वाद चाख्दै
चिचिलिन्छ, हुर्किन्छ, हर्हराँउछ
कोमल, नाजुक, फुल

म टर्रो छु, दरा पाखुरा, फुस्रा पात,
सधैं भोको अनी सधैं टन्न
होटेलको भासमा ठिङग उभिन्छु
लागिरन्छ-झुक्किएरै भा'नी कसैले खेलाइदेओस
आङभरीको धुलो टक्टक्याइदेओस
सुम्सुम्याइदेओस, चलाइदेओस,
म र मेरा पातलाई कुत्कुत्याइदओस
बाचा गर्छु - म ओइलाउदिन, म मुर्छाउदिन
बतासै आए नि नाङ्गीन्न,खीइन्न
सदाबहार छु, के हिँउद, के बर्खा
जस्तै मौसमले छुन्न
म प्लास्टिकको फुल हुँ
फुल म होइन
हामी उस्तै उस्तै हौँ
उही होइनौ….

एस. एन.

हजुरबाको लभलेटर !

प्यारी जुनकिरी खड्का,

पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा देखेँथे, त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिए। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे चरन छ, त्यती पर सम्म तिमीलाई नै हेर्न धाँउछु । हिजो सन्सरबार पनि गजुरेकोमा गाको थें। थुप्रै मान्छे जम्मा भा थे रेडियो सुन्न। तिम्रा साथीहरु असर्फी, चमेली, मिठ्ठी, केसरी पनि आका थे। यि आँखाले तिमीलाई चारैतिर खोजे, भेटेनन, दिनै खल्लो भयो। जोर हप्ता भयो दर्शन नपाको, गाह्रो सारो पर्‍यो कि? मन भारी भयो, अनी थाम्नै नसकी यो चिट्ठी बच्चु केसबलाई लेख्न लाए। उसैले पढेर सुनाउला तिमीलाई पनि। धन्दा नमान बच्चु मेरो मिल्ने साथी हो। तिम्रा घरमा पनि बिहे हुने गाँइगुइ सुन्दैछु, पल्लो घरकी चिनीचम्पाले उस्का साथीहरु सँग कुरा गरेको सुनेथे। यदी त्यसो हो भने, हामीले ढिला नगरौँ, भागौं।

अब असार लाग्यो, खहरे खोला उर्लिनु भन्दा पहिले नै हामी निस्कनु पर्छ। पोहोर साल कतीको घर खेत सखापै पार्यो, फेरी त्यही खोला नतरी डाँढा काटिदैन, बाटैमा पर्छ। तीन दिन, दुई रात हिंड्यो भने मधेस पुगिन्छ रे, गाइघाट । अब हामीले दिक्तेल छोड्नै पर्छ जुनकिरी । मैले सबै जोरजाम मिलाई सकेको छु, तिमीले धन्दा मान्नु पर्दैन। बनारसमा एउटा साथी छ, दया गर्तौला, जाने बेलामा 'लु केही पर्‍यो भने म छु, मजाले आए हुन्छ' भन्दै गाकोथ्यो। साह्रै राम्रो मान्छे छ, अप्सज लाउने ठाउँ छैन। भर्खरै मेट्रिक पास गरेर पुर्होत्याइ गरेर बस्छ रे। केही दिन उसैकामा बसौला, पढेको मान्छे केही बाटो उस्ले पनि बताउला, सके मधेसतिर रोजगार लगाइदेला ।

मधेस साह्रै फराकिलो छ रे, तेत्रा मान्छे अटाकाछन, हामी कसो नअट्लाउ त…फेरी मनग्गे, बार्है मास खेती हुन्छ रे। हलोकोदालो मैले जानेकै छ, बिउ चिनेकै छु, दाउरा काट्न, टाटी लाउन, परालको माच लाउन त म खप्पीसै छु। ज्याला मज्दुरी गरौँला, फेरी अधिँयामा पनि पाईन्छ रे जग्गा कमाउन। मेरो काकाको छोरो नि यस्तै काम गरेर ५ जनाको जहान छोराछोरी पालीरा'छ रे। बुहारीले नि काम गर्छिन रे एउटा खार्पाको पोख्रेलकाँ - त्यही लिप पोत, भात भान्सा, घाँस-दाउरा, उही आईमाईको काम। काम गरे बापत महिनाको २० नगद पाउछिन रे अनी बेला मौकामा पोख्रेल्नीको साडी, लत्ता कपडा पनि। तिम्रो बारेमा पनि मैले यस्तै सोचेको छु । हामी दुईको ज्यान पालिन्छ तिमीले सुर्ता लिनु पर्दैन। त्यस्तै परे म नि बाहुनको छोरो हुँ, अली अली कार्जे गर्न जानेकै छु। मधेसमा पनि त श्राद्ध, पूजा, बिहे, ब्रतबन्ध, रुद्री, पास्नी, न्वारान हुँदो हो। बा सँग यि सबमा जाँदा जाँदा मैले पनि रिती पुर्याएर गर्न सिकी सकेको छु। मैले त अली पछी गाई पाल्ने पनि सोचीसकें। गाइको दुध बेचेर खर्च टार्न पनि हुने आफुलाई दही घिउ पनि हुने।

हामी चार भाई र दुइटी दिदी छौं । दिदीहरु बिहा गरेर गए पनि, दाई-भाउजु, र दुई भाई छदैछन घरमा आमा-बा, घर खेत हेर्न। हुन त कती नै पो छ र हेर्नलाई नि। तिम्रा पनि २ भाई र एक बहिनी छे। सबै हुर्केकै छन, जान्ने बुझ्ने उमेरका भइसकेका छन। घरको राम्रो ख्याल राख्लान। पछी हामीले पनि सक्दो गर्नु पर्छ, हाम्रो कर्तब्य पनि हो। हुन त मलाई यसरी भगाएर लान मन छैन तर अर्को बाटो पनि देख्दिन। झ्याँइ-झ्याँइ पञ्चे बाजा ठोकेर भित्राउने रहर अधुरै हुने भयो। बा आमालाई कती सम्झाउन कोशीस गरें तर आफु भन्दा तल्लो जात, छेत्रीकी छोरीसँग हुँदै हुँदैन भनेर अड्डी लेर बस्नु भा'छ। हुन त वहाँहरुलाई पनि यो समाज, छर छिमेकको डर छ नै। के गर्नु यस्तै छ चलन। आफुलाई जन्माउने हुर्काउने आमा बा सदा आदर्णीय हुन्छन। उहाँहरुले आफ्नो छोरा छोरी माथि हक जनाउनु भनेको, अधिकार पनि हो। सारा दुनियाँले धिकार्ला, छि: छि: धुर धुर गर्लान तर आफ्नो सन्तानको सधैं भलो चिताउने आमा नै हुन्छिन। संस्क्रितमा एउटा स्लोकनै छ नि- “मातृवत परदारेषु परद्रव्येषु लोष्टवत्। आत्मवत् सर्वभूतेषु यः पश्यति स पंडितः” तसर्थ हामीले एउटा राम्रो, सक्षम, सबल परिवारको स्रीजना गरेर वहाँहरुको मन पगाल्न सक्नु पर्छ र वहाँहरुको सेवा गर्न सक्नु पर्छ जुनकिरी । मलाई विश्वाश छ तिमीले साथ अवस्य दिने छौ।

हो जुनकिरी मैले धेरै सोचेरै यो कदम उठाउदै छु, यो अचानकको निर्णय होइन। आज ५ गते भो, असार पन्द्रको रात सबै थाकेर अबेर सम्म ओछ्यानमै हुन्छन, हामीले १६ को मिर्मिरेमै डाडा काट्नु पर्छ। गाइघाट पुगेर घरमा सबै खुलस्त पारेर चिट्ठी लेखुँला। मैले अली अली दुध बेचेको पैसा जम्मा पारेको छु, हामीलाई बनारससम्म जाने र केही दिन टुङगो नलागुन्जेल चलखेल गर्न पुग्छ। बरु तिमी पनि बिस्तार बिस्तार आफ्नो लाउने लत्ता कपडा पोको पार्न थाल। बाटोमा खानलाई २-३ माना चिउरा र गुन्द्रुक्को अचार पनि हाल्ने छु, अनी मिल्छ भने तिम्रो बारीको २-४ वटा काँक्रो हाल्नु, सार्है रसिला छन ति काक्रा । तिमीलाइ दिन भनेर गोजिमा काकाको छोरोले नेपाल खाल्टोबाट ल्याइदिएको पुस्टकारी गोजीको गोजिनै छ। त्यो पनि बाडेर खाँउला बाटोमा । म तिमीलाई त्यही चौतारीमा कुरेर बस्ने छु। भाले बास्नु भन्दा अगाडिनै निस्कनु तिमीले, केही पर सम्म बच्चु पनि आउछु भन्दै छ। पर्दैन भनेको अड्डी लेर बसेको छ। म तिम्रो प्रतिक्षामा हुनेछु।

तिमीलाई माया गर्ने,
प्रेम प्रशाद मिस्र
सुरेश 'समान'
http://www.mysansar.com/2013/06/5279/

मधुमासको रात !! (मुक्तक)

तिमीले खोल्दै गर्दा,
चिसो पस्यो,जिउभरी काँडा उम्रिए,
रौँ ठाडा भए, रगत जमे जस्तो भयो,
भो प्रिया, झ्याल बन्दै गर, जाडो छ !!

आहा! कती राम्रो, गोलो, चिटिक्क परेको
हेरीरँहु लाग्ने, आफु नजिक ल्याएर छामीरँहु लाग्ने
टुलु टुलु मलाई नै हेर्दैछ
प्रिया कती शान्त र उज्वल आकाशमा जुन !!

लजावती झारझैँ लाजले तिमी खुम्चिदा
छिन छिनमा चुरा तिम्रो खन्किन्छ
ति नाना गहना, मेहेंदी, घुम्टोमा पुरिएर
आ...प्रिया छुट्ट्याउनै गाह्रो भो, तिम्रो फेद टुप्पो !!

एस. एन.

चार (मुक्तक)

******** 1 *********
बियोगको पिडामा चुर्लुम्म डुबेको बेला
नसामा झुमेर, धुँवा उडाउँदै गरेको बेला
चोट लागेर छ्यत-बीछ्यत भएको पल
ढोका डक्डक्याउदै - "तिमीलाई अहिले कस्तो छ?"
भन्दै नचिहाउन  Please!

******** 2 *********
हुन्न भन्छौ - हुन्छ सुन्छु
पछी नलाग भन्छौ - लाग न सुन्छु
माया गर्दिन भन्छौ - भुतुक्कै हुन्छु
मेरो माया र दार्ही एकै हो  मायालु
जती काट भन्छौ - उती पलाउँछु  । ।

******** 3 *********
कोशीको बगर, चन्दनका ब्रिक्ष, फलफुलका बोटहरु
हरेक महिना फर्केर आउने पुर्णिमाको जुन
सबै तिनै हुन, यि सबै द्रिस्यहरुसँग मिल्ने
कमी  मात्र  तिम्रो छ ।।

******** 4 *********
मैले तिमीलाई मनपराएँ
तिमीले मलाई बाल दिएनौ,
तिमीले उस्लाई मनपरायौ
उस्ले तिमीलाई बाल दिएन,
प्रिए, खुच्चिङ !!
***
एस. एन.