Friday, August 5, 2011
झण्डा
मेरो झण्डाले मलाई बोलायो - के म जाँउ ?
तँ नआए मलाई लैजा भन्छ - के म ल्याउँ ?
मैले सोचेँ र भने - भै'गो म नै आउँछु
उ भन्छ - तँ सँग अरु को को आउँदैछन ?
अब के भनु ?
एस. एन.
तँ नआए मलाई लैजा भन्छ - के म ल्याउँ ?
मैले सोचेँ र भने - भै'गो म नै आउँछु
उ भन्छ - तँ सँग अरु को को आउँदैछन ?
अब के भनु ?
एस. एन.
Thursday, August 4, 2011
दुई लाइन !
रित्तो गाग्री टुलुटुलु मलाई हेर्छ
अनी प्रश्न गर्छ - 'जाने नै भइस ?'
-------
ड्रेसिङ टेबलमा काँइयो ….. लम्पसार
कतिखेर कुन चै को टाउकोमा जोतिने हो ।
-------
माया र दार्ही
जति काट्यो, त्यती पलाउँछ ।
------
मैले उस्लाई हेरेँ, तर देखेको छैन
लामो नाक रै'छ त्यती हो ।
-------
मैलो सिराने, च्यातिएको डस्ना
चुहिने छत, सिरकको व्यथा ।
-------
दुई पाथी धान, एउटा बोको
बोक्सिको उपचार !
Subscribe to:
Comments (Atom)