"के लेख्दैछस ओए?"
"स्क्रिप्ट"
"फिलिम बनाउन लागिस कि के हो?"
"सोच्दैछु"
"को हिरो?"
"हेरुँ"
"हिरोइन नि?"
"खै!"
"के को बारेमा हो?"
"प्रेमीप्रेमिका"
"फिलीममा ड्रामा, एक्सन, रोमान्स, कमेडी, हरर, सस्पेन्स, क्राइम सब छ नि?"
"सब त छैन!"
"के छ त?"
"कहिल्यै भेट नभाको केटा
र केटीको प्रेम र बिछोड"
"के रे? कहिल्यै भेट नभाको
केटा र केटीको प्रेम र बिछोड रे?"
"एस"
"हरे शिव! अनी त्यो कहिल्यै
भेट नभाको केटा र केटीले प्रेम गर्न चैँ कैले भेटे? प्रेम गर्न त भेट्नुपर्यो नि एकअर्कालाई!
अनी बिछोड रे? बिछोड हुन त पैला भेट्नुपर्यो नि, हैन?"
"हो"
"अनी के भनेको त? कि त्यो
हिन्दी मुभी 'सिर्फ तुम' जस्तो चिठीपत्रबाट लभ पर्ने हो?"
"हैन... पत्र, इमेल, फोन,
च्याट केहीबाट पनि हैन।"
"एक अर्काको नाम नि? था
हुन्छ नाम?"
"अहँ"
"हरे शिव! त्यसो भए हिरो-हिरोनीले
एकअर्कालाई फिलिमभरी भेट्दैनन, चिन्दैनन, देखेको-बोलेको पनि हुँदैनन, एकअर्काको बारेमा
सुनेकोपनी हुँदैनन तर लभ चै बबाल हुन्छ ति दुई को बिच। तै हैन भन्न खोजेको?"
"एस"
"अनी ति दुईको बिछोड हुन्छहोला
लास्टमा, हैन?"
"लास्टमा हैन सुरुमै?"
"ए ए ए, भेट्दै नभेटेकाको
सुरुमै बिछोड हुन्छ अनी फेरी ति अजनबीले एकअर्कालाई चिन्दै नचिनी लभ गर्छन उसो भे!"
"एस"
"वाह! राइटरनी खतरा रे'छ
स्टोरी त। मलाई नि यो लभस्टोरी पढ्दै नपढी मनपर्यो। यो फिलिम त बन्दै नबनी हिटभयो
ल! दर्सकहरुले पनि हेर्दै नहेरी यो मनपराउँछन अनी फिलिम चल्दै नचली तँ करोडपती हुन्छेस...
हा हा हा!"
"हाँस हाँस। पछी टिकट
माग्न आइस भने जानेकी छु!"
"ए साची, मुभीको नाम चैं
के हो? 'भेट्दै नभेटी?' हो कि? हा हा!"
"नजर"
"हिन्दी?"
"हैन, नेपाली 'नजर'।"
"छ हैन र 'नजर' भन्ने
मुभी त?"
"खै! भए नि होस्। नाम
चेन्ज हुँदैन।"
"कती लेखीसकिस त?"
"अन्तिम सिनमा छु।"
"ए ल ल"
.
.
.
***