Saturday, December 29, 2012

Haiku ( हाईकू )

1.
चिसा दाउरा
पिरो धुँवा,
झुक्याउने आँसु !!

2.
गुलियो चिनी
कडा रङ्ग,
खल्लो चिया ।।

3.
मेरो कोशीस
तिम्रो ढिट,
एक हाते ताली ।।

4.
बिदेशी छोरो
फर्किन्छ देश,
नर्स बुहारी  ।।

5.
रित्तो गाग्री
उल्टो चप्पल,
केरा जस्तो !!

Wednesday, November 14, 2012

लग्यो, लग्यो..


लग्यो, लग्यो..
झुटा तारिफको फुल सजाउनेले लग्यो
बाटोमा सिठ्ठी बजाउनेले लग्यो
म लठ्ठु - माया दबाएर बसेँ
उ हिँडी, डलर भजाउनेले लग्यो ।।
--
एस. एन.

तिम्रो ह्यान्ड-ब्याग हुन पाए..


कैले काखीमा च्याप्थ्यौ होली
बस्दा काखमा राख्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!

साँचो, पैसा, गर-गहना
विश्वाशले नै राख्थ्यौ होली
म तिम्रो भार बोक्थें होला
तिमी मलाई बोक्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!

गुलाबी साडी, म्याचिङ ब्याग
लजाँउदै ऐना हेर्थ्यौ होली
सुम्सुम्याउँदै, मुस्कुराउँदै
"मेरो ब्याग" भन्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!
--
एस. एन.

सोध..

गतिसिल यो हावाको बेगलाई सोध
सगरमा बाक्लिँदा ति मेघलाई सोध
हाम्रै लागि शान्त भयो गड्गडाउँदो बादल पनि
जुन, तारा, ग्रह, नक्षत्र - हर एकलाई सोध ।।

खाल्डा खुल्डी हुँदै मोडिएको सडकलाई सोध
जर्जर हुँदै दैडिएको टडकलाई सोध
मलाई देखी नदेखे जस्तो - हिँड्यौ तिमी 
झिलिमिली यो शहरको तडक्भडकलाई सोध
---
एस. एन. 

Monday, October 29, 2012

गधा र कुकुर !


एकादेशमा एउटा धोबी थियो ! धोबीले घरमा गधा र कुकुर पालेको थियो । गधा दिनभरी सकीनसकी टनाटन लुगाको थुप्रो पिठ्युमा बोकेर टाढा-टाढा सम्म ग्राहकको मा लुगा लिन/पुर्याउन जानुपर्थ्यो । कुकुर दिन भरी घरमा बस्थ्यो । धोबी काम सकेर आए पछी - कुकुर पुछर हल्लाउदै छेउमा आउने, मालिक को खुट्टा चाट्ने, काखमा लुटुपुटु पर्ने आदी गर्थ्यो । काखमा बस्दा धोबीले कुकुरको टाउको मुसार्दै रिसाएजस्तो गरेर 'कती चक्चके भा'को हँ, बदमाश' भन्थ्यो । जिब्रो निकालेर स्वा-स्वा गर्दै रुन्चे अनुहार बनाएर हेर्थ्यो कुकुर अनी त झन लुटुपुटु हुन्थ्यो काखमा । एकै छिनमा फेरी मालिकले एउटा मोजाको बल पर हुत्याइदिन्थे अनी कुकुर दौडेर त्यो समाएर ल्याउथ्यो - निकै बेर चल्थ्यो यो क्रम । यो सब देखेर गधालाई साह्रै चित्त दुखेछ । आँफै माथि रिस उठ्न थालेछ । अझ बढी रिस चैँ त्यो कुकुर देखी उठेछ । गधालाई लागेछ - " दिनभर काममा जोतिने चैँ म, मालिक को माया चैँ त्यो अल्छि कुकुरले पाउने ?" गधाले आफु पनि अब चुप लागेर नबस्ने प्रण गर्‍यो । बाँधी राखेको ठाउँबाट डोरी फुत्काएर धोबीको नजिक गएछ । त्यो देखेर धोबी जिल्ल पर्‍यो । अझ नजिक गयो र धोबिको काखमा बस्न खोजेको मात्र के थियो धोबी ले बेस्कन बाँसको सिर्कनोले बेस्मारी चुटेछ अनी कान समातेर लगेर बाँधेछ । गधालाई साह्रै पिर परेछ - संसारमा गधा भएर जन्मेकोमा 
राती भयो । तर गधालाई निद्रा लागेन । डाँको छोडेर रुन थाल्यो । मध्यरातमा गधा कराएको सुनेर धोबीको आँखा खुलेछ । धोबी बाहिर आयो - गधाको रुवाबासी बन्द भएन, अझ घोक्रो फुलाएर कराउन थाल्यो । अती भएर धोबिले फेरी कोदालोको बिडले दुई ठ्याक कस्सेर बजारेछ । "कुकुर राती भुकेको भए हिजोको मासुको हड्डी खान पाँउथ्यो, मलाई चैँ एक मुठा घाँस पनि छैन, उल्टै कुटाइ खाइयो", "घोडा हुन पाको भा'नी यती सार्हो हुँदैनथ्यो होला" - यस्तै यस्तै के के सोच्दै कतीखेर हो गधा निदाएछ।

Saturday, October 27, 2012

नेपाल फेरिएन ।।


श्रीमान गम्भिर देखी
सय थुङ्गा फुल सम्म
दौरा सुरुवाल ढाका टोपी देखी
कोट पाइन्ट र सर्ट सम्म
बद्लियो गीत ताल फेरिएन
बद्लियो भुषा चाल फेरिएन ।।

कंसलाई पछारी रावण सेना आए
पुष्पकमल, बाबुराम, माधव अनी सुशील गड्गडाए
बन्यो रे नयाँ नेपाल तर खै कुनै साल फेरिएन
बद्लियो सत्ता हाल फेरिएन
बद्लिए नाम नेपाल फेरिएन ।।

एस.एन.

Tuesday, October 16, 2012

आयो दसैं आयो ।।


मैदानमा नाङ्गा बाँस ठडीदैँछ आज
खुशी छिन है आमा, छोरो आँउदैछ रे साँझ
भित्र सग्ला जमरा, बाहिर शित थोपा छायो
बधाई छ है मित्र हो - आयो दसैं आयो ।। 

नाँच गान गर्छन् आफन्त, बज्छ मंगल्धुन
ठुलाबडाको आसिस सबलाई कामलाग्छ सुन
सयपत्री र मखमलीमा पालुवा नयाँ पलायो
शुभकामना आमाबुवा - आयो दसैं आयो ।। 

चप्पल लाउने खुट्टामा दसैंबूट ढल्किदैछ
घर-घरमा नयाँ रङ्ग - आज गाँवै टल्कदैछ 
लाउरे दाईले पल्टनबाट के कोसेली ल्यायो
शुभकामना दाजुदिदी - आयो दसैं आयो ।।

सङ्ख-घण्ट मन्दिरमा भजन किर्तन चल्छ
लिपी पोती आँगन सफा, भित्र साँझ बत्ती बल्छ
धेरै पछी आज भाईले पक्कु रक्ती खायो
रमाउ रमाउ भाईबहिनी - आयो दसैं आयो ।।

एस. एन.