Monday, May 13, 2013

किनार..

नयाँ सपना,परिवर्तन रोकी बोलाउँदैछ किनारले
खियाउँदैछु उत्तर-उत्तर, धकेल्दैछ बहावले
आँधीहुरी बनी आउँछ प्राचिन वायु पुर्वको
कुन्ठ्याउँछ, खुम्च्याउँछ-गर्नु गर्छ दवाबले ..

द्रब्य जोड्ने भब्य होड्मा लगाउँदैछ किनारले
चिहाउँदैछु देशभित्र, खाडी ठेल्छ अभावले
आँसु देख्छु, आस देख्छु, ढक्क फुलेका सास देख्छु
कैले उँभो, कैले उँधो-गर्नु गर्छ लगावले ..
- सुरेश 'समान'

Saturday, March 9, 2013

राजीखुसी


"एउटामात्र चक्र रे'छ तपाईंको," पसुपती जाने बाटोमा 'यहाँ हात हेरिन्छ' बाबाले मेरो हात हेर्दै भनेका थिए। "की राजा हुन्छन, कि जोगी हुन्छन एक चक्रेहरु।"  
मेरी त्यो बेलाकी गर्लफ्रेण्ड पनि सँगै थिइन्। उनीले मलाई बोलाउने नामको न्वरान गरिन 'राजा'। म दङ्ग परेँ। मैले पनि छिल्लिदै 'म तिम्रो राजा, तिमी मेरी रानी,' भने। उ बेस्मारी मस्केकी थिइ। अनी हामी दुवै हातमा हात राखेर 'राजाको रानी से प्यार हो गया....,' गाउँदै पसुपती दर्शन गर्न ओरालो झर्यौँ। राजारानी मिलेर रोमान्टिक शहर पोखरा पनि पुगेकाथियौँ एकफेर। फेवाताल, बिन्दबासिनी, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायतका ठाउँहरुमा बेपर्वाह बत्तासिएका थियौँ। गर्लफ्रेण्डको नाम? त्यो चै नभनु होला है, माइन्ड नगर्नोस। त्यो बेला पो उ मेरी 'रानी' थिइन्। ऐले त उ अर्कै कि महारानी छिन। मैले सुनेको त दुईटा घोर्ले युवराजहरुको सवारी पनि भइसक्यो रे! पोखराबाट फर्केको करिब दुई महिनापछी उनको बिहे भयो। हाम्रो चितवन जाने प्लान चौपट! सारै चित्त दुख्यो।

हामी झगडा गरेर अथवा पारीवारले छुट्याएर अलग भा थिएनौ। दुवैको राजीखुसी नै थियो। एकदिन मैले उस्लाई चितवन जाने प्रस्ताव सुनाउँदा उस्ले 'लेट्स सि,' भनेकीथीइन्। भोलीपल्ट आएर आफ्नो बिहे हुन लागेको कुरो बताइन एउटा हार्डवेर पसलेसँग। मैले 'किन?' भनेर सोधेँ। मलाई अझै याद छ उस्ले भनेका कुरा। उस्ले भनेकी थि - "वेल मिस्टर दिलिप, तिमी राम्रो छौ, डन्ट गेट मि रङ, तर तिमी 'नट ए हज्बेन्ड मटेरियल'। यु आर ओन्ली ब्वाइफ्रेन्ड मटेरियल। तिमी 'स्टेबल' छैनौ। तिमीसँग मैले धेरै रमाइला टाएमहरु बिताएँ एन्ड आइ थ्यान्क्यु फर द्-याट बट जिन्दगी बिताउने तिमीसँग? आइ डन्ट थिंक सो! सरी।" यती भनेर उ फुइफुइ गर्दै फनक्क फर्केर गएकीथी। म त ट्वाँ परे! पुरै प्रतिकृयासुन्य भएँ। मैले बुझिन कि भर्खरै के भयो। एकछिन आफुलाई निहाँले मनमनै। परिवेसलाई समेट्ने कोशीस गरेँ। उस्ले भनेका कुराहरुको पोस्ट्मार्टम गरेँ। 'हज्बेन्ड मटेरियल' हैन रे 'ब्वाइफ्रेन्ड म्टेरियल' रे! 'स्टेबल' छैन रे! म घोरीन थालेँ। के उस्ले मलाई धम्की दे'की हो? कि उपदेश दे'की हो? कि गाली दे'की? जिस्केकी त पक्कै होइन। खैर जे दे'की हो, अघाउँजी दे'र गइ।

Thursday, February 14, 2013

भ्यालेन्टाइन्स डे…

1.
"अनी के भ्यालेन्टाइन्स डे को प्लान केसु?"
"प्लान? नो प्लान!" मैले खाटभरी असरल्ल छरिएका कागजपत्र, पुर्जी, बिल समेट्दै भने।
"उस उस! तपाईंको प्लान नहुने! लु पत्याएँ!" आस्माले पत्याइनन्।
"छैन के भन्ने?" मैले भने। मेरो ध्यान एउटा पुर्जीमा थियो।
"उस उस उस," आस्माले फेरी पत्याइनन्।
"हो भन्या, सत्ते," मैले उ तिर फर्केर किल्किले समाउँदै प्रमाण जुटाउन खोजे।
"उस, उस, उस,"
" प्लान , दरो प्लान छ। खुशी?," अल्ली कड्केर हेर्दै मैले भने।
"के प्लान , हामी पनि सुनम ," लेग्रो तानेर सोध्छे आस्मा।
"डेटिङ जाने प्लान नि एउटी च्वाँकसँग," मैले आँखा सन्काउदै भने।
"उस उस उस"
"छैन भन्दा नि तिम्रो उस उस.... भन्दा नि उस उस? अरु केही भन्न आउँदैन?" चर्किएँ। उस्को सेतो अनुहार पहिला कालो भयो अनी निलो भयो। आस्मा  उठेर हिँडीन। मैले वास्ता गरिन।  
एकछिन पछी आस्मा चिया लिएर भित्र पसी । यो उस्को पहिले देखीको बानी हो। मसँग रिसाइ भने उ चिया बनाउथी दुवैलाई। भन्थी - "रिसाएर केही हुँदैँन, यो गुलियो चिया खाएर दुवैको मनको तितोपन पखाल्नु पर्छ।" मेरो रिस चियाको प्रतेक चुस्कीसङै क्रमस धमिलिदै जान्थ्यो अनी मन मिठिदै। उस्को अनुहारमा पनि मिठास छाँउथ्यो, मिठ्ठो चिया जस्तै। हुन त म नै उस्तो हुँ। आमाले त उहिलेदेखी नै भन्नुहुन्थ्यो 'नाकका टुप्पामा छन तेरा रिस।' फेरी एकैछिनमा आस्मासँगको रिस आफुतिर सर्छ। आफु फोकटमा रिसाएकोमा आँफैसँग रिस उठ्छ अनी बिस्तारै सेलाउँदै जान्छ - आस्माको चिया जस्तै। उस्लाई फकाउन म प्राय पुराना कलेजका दिनहरु कोट्याउने गर्छु अनी आँफै पनि टोलाउन थाल्छु। उ ध्यानमग्न भएर सुनिराख्छे। छिट्टै फकिन्छे मेरी बुढी। लाग्छ उ स्वस्थानीको अगस्थ मुनी हो र म महादेव र सतीदेवीको प्रेमगाथा बाचन गर्दैछु स्कन्द कुमारजी भएर। उ नै मेरो पहिलो माया हो। पहिले माया हार्ने आँट कसको हुन्छ र! उ बेला आस्माको मामालाई नमस्कार ठोकियो, उसका साथीको ट्याम्फु भाँडा तिरियो। कलेजका बाटा फेरिए। दौंतरीका - 'क्या दोस्त! लड्की मिल गै, दोस्त भुल गै'- गुनासा खेपिए। अनेक तान बुनियो। म माया जित्ने दौडमा थिए, जिते। त्यो बेला ऐलेजस्तो फेसबुक, ट्वीटर, स्काइप केही थिएन। ऐले जस्तो इन्टर्नेटमा प्रेम कम, बिज्ञापन बढी देखिने ढर्‍रा फोटाहरु राखिन्नथे। फोटो राख्नै परे'नी पर्सको कुनोतिर राख्थे- मैले जस्तो! जे होस् गर्व लाग्छ-अरुका जस्तै मेरी बुढी आजसम्म रिसाएर माइत गएकी छैन। वास्तबमै उ पानी हो, मैले जस्तोसुकै आकार लिए पनि उ त्यतै प्रकार लिन सक्छे। हुन त उस्ले मुखै फोरेर त भनेकी थीइन तर आस्माका नजानिदा इसाराहरुले मलाई हौस्याएका थिए उबेला। सधैं 'केसब' भन्नेले एकदिन 'केसु' भनिन पहिलोपल्ट। उनले लजाएर स्विकारीन। म पास भएँ। त्यो दिन भ्यालेन्टाइन्स डे थियो।

Friday, February 8, 2013

इटहरी..

पूर्व गए झापा तिर
पक्षिम पुग्छ राजधानी
बिराटनगरलाई दक्षिण जानु
धरान धनकुटा उत्तर जानी
माया बोकी मुटुभरी
बिचमा सुन्दर  इटहरी ।। 

सानो नगर थियो हिजो
लम्कदै आज वरीपरी
मगर, क्षत्री,थारु, बाहुन 
भाषाशैली थरी थरी
माया बोकी मुटुभरी
बिचमा सुन्दर इटहरी ।।

सुरेश 'समान'

Saturday, February 2, 2013

सायरी सायरको!

1.
मुटु जल्दा धुँवा हैन आँसु झर्छ - बैगुनीलाई के थाहा,
मरभुमीको क्याक्टसले नि प्यास मेट्छ - घमन्डी गुलाबलाई के थाहा,
पुरिएको मान्छे - माटो मुनी कत्ती पिडा हुन्छ,
माथिबाट फुल बर्साउनेलाई के थाहा!
2.
दिल त तोडिदिनुभयो हजुरले
अब चिता नि जलाईदिनु
केही भेटिएन भने पनि,
त्यो हजुरको सल नै ओढाइदिनु
कसैले सोधीहाले मेरो रोगको बारे
आँखा झुकाउँदै 'माया' बताइदिनु!

सुरेश 'समान' 

Thursday, January 24, 2013

प्रेमप्रस्ताब...

1.
"आइ लभ यु कब्ते!"
"पख मेरो ममीलाई भन्दिन्छु।" कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार "हैन हैन आइ हेट यु,आइ हेट यु... नभन्दे है" भने।
एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा - "एत्रो फुरौलो जस्त्रो , खुब लभ गर्ने हँ? कती किलास पुगिस?"
मैले "क्लास फाएभ" भने बिस्तारै।
"खुब आफुलाईअम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे। हेड्सरलाई भनेर तलाई रेस्टिकेट गरिदिउँ कि अब देखी कब्तेलाई आइ लभ यु भन्दिनस?"
"नाइ अब देखी भन्दिन अन्टी। हेड्सरलाई नभन्दिनोस।" मैले रुन्छे स्वरमा भने।
भोली देखी कब्तेको घरको बाटो छोडेर लामो बाटो स्कुल जान थालें। कब्ते पढाइमा तिखी थि। हरेक बर्ष 'प्यारेन्टस डे' मा पुरस्कार थाप्थी। सबैले उस्लाई 'फस्ट गल' भन्थे। स्कुलमा कताबाट हो हल्ला फैलिसकेछ। मलाई 'फस्ट गलको ब्वाइ' भनेर जिस्काउन थाले। म रिसाइ दिन्थे। ति के चुप लाग्थे-जिस्काइरहे।
त्यस्को पाँच बर्ष न म कब्तेसँग बोलेँ न कब्ते मसँग बोली।

Monday, January 14, 2013

अन्तिम सिन!

"के लेख्दैछस ओए?"
"स्क्रिप्ट"
"फिलिम बनाउन लागिस कि के हो?"
"सोच्दैछु"
"को हिरो?"
"हेरुँ"
"हिरोइन नि?"
"खै!"
"के को बारेमा हो?"
"प्रेमीप्रेमिका"
"फिलीममा ड्रामा, एक्सन, रोमान्स, कमेडी, हरर, सस्पेन्स, क्राइम सब छ नि?"
"सब त छैन!"
"के छ त?"
"कहिल्यै भेट नभाको केटा र केटीको प्रेम र बिछोड"
"के रे? कहिल्यै भेट नभाको केटा र केटीको प्रेम र बिछोड रे?"
"एस"
"हरे शिव! अनी त्यो कहिल्यै भेट नभाको केटा र केटीले प्रेम गर्न चैँ कैले भेटे? प्रेम गर्न त भेट्नुपर्‍यो नि एकअर्कालाई! अनी बिछोड रे? बिछोड हुन त पैला भेट्नुपर्‍यो नि, हैन?"
"हो"
"अनी के भनेको त? कि त्यो हिन्दी मुभी 'सिर्फ तुम' जस्तो चिठीपत्रबाट लभ पर्ने हो?"
"हैन... पत्र, इमेल, फोन, च्याट केहीबाट पनि हैन।"
"एक अर्काको नाम नि? था हुन्छ नाम?"
"अहँ"
"हरे शिव! त्यसो भए हिरो-हिरोनीले एकअर्कालाई फिलिमभरी भेट्दैनन, चिन्दैनन, देखेको-बोलेको पनि हुँदैनन, एकअर्काको बारेमा सुनेकोपनी हुँदैनन तर लभ चै बबाल हुन्छ ति दुई को बिच। तै हैन भन्न खोजेको?"
"एस" 
"अनी ति दुईको बिछोड हुन्छहोला लास्टमा, हैन?"
"लास्टमा हैन सुरुमै?"
"ए ए ए, भेट्दै नभेटेकाको सुरुमै बिछोड हुन्छ अनी फेरी ति अजनबीले एकअर्कालाई चिन्दै नचिनी लभ गर्छन उसो भे!"
"एस"
"वाह! राइटरनी खतरा रे'छ स्टोरी त। मलाई नि यो लभस्टोरी पढ्दै नपढी मनपर्‍यो। यो फिलिम त बन्दै नबनी हिटभयो ल! दर्सकहरुले पनि हेर्दै नहेरी यो मनपराउँछन अनी फिलिम चल्दै नचली तँ करोडपती हुन्छेस... हा हा हा!"
"हाँस हाँस। पछी टिकट माग्न आइस भने जानेकी छु!"
"ए साची, मुभीको नाम चैं के हो? 'भेट्दै नभेटी?' हो कि? हा हा!"
"नजर"
"हिन्दी?"
"हैन, नेपाली 'नजर'।"
"छ हैन र 'नजर' भन्ने मुभी त?"
"खै! भए नि होस्। नाम चेन्ज हुँदैन।"
"कती लेखीसकिस त?"
"अन्तिम सिनमा छु।"
"ए ल ल"
.
.
.
*** 

Saturday, January 12, 2013

लोग्नेमान्छे - कथा

मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भन्नुभएको। हजुरामाले आस मार्नु भा छैन। " कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती" अस्ती भर्खर हजुरामाले मलाई भन्दैहुनुन्थ्यो ।
"तैले के के सुन्छस, के के देख्छस मलाई कानमा आएर बता न बाबै" सेता खरानीको एक चिम्टी चोर औँला र बुढी औंलामा च्यापेर कपासको बाती कात्दै मलाई भन्नुभयो । हजुरामाको देब्रे हातको फुसफुसे कपास, दाहिने हातले निमोठिदै लामो डोरी हुँदै तन्कन्थे। बेलाबेलामा बाटैमा चुटटिन्थे। फेरी गाँस्नु हुन्थ्यो र ति जोडीन्थे अनी पहिला जस्तै सग्ला बन्थे। तीन फन्को लाएपछी मज्जाको दरो 'बाती' बन्थ्यो। लाखबाती बाल्ने योजना बनाउनुभाछ वँहाले पित्रीको नाममा रे !   
हजुरामाको कुरा सुनेर वँहाको चाउरी परेको अनुहारका अनी हातका छाला जस्तै मुजैमुजा पर्छु म र केही बोल्दिन। बोल्न सके पो बोल्नु। मलाई डर छ - यदी हजुरआमालाई मैले देखेको, सुनेको कुरा बताँए र वँहाले मलाई -"अनी तँ के हेरेर बसिराछस?" प्रश्न गर्नु भो भने? मैले के उत्तर दिने? "म पनि 'चुप्चाप क्लब' को सकृय सदस्य हुँ" भन्नु भएन। ल ठीक छ कुनै बाहना बनाउँला - काम बढी भा'को, दाम कम भाको आदी। तर के ति अनुभवी मन, मुटु र चेतले मेरो कुरा पत्याउलान? वहाँलाई अहिले टाल्टुले उत्तर दिएर पछी - "म तपाईंकै छोरीको छोरो हुँ…तपाईंकै नाती हुँ...." कुन निधार लिएर दसैंमा टिका थाप्न जानु? वहाँले पनि टाल्टुले आसिश दिनु भो भने?
"सबै उस्तै त हो नि! सब ठीक छ हजुरामा" मैले कामचलाऊ उत्तर दिएँ।    
"जो आए पनि 'सब ठीक छ', 'राम्रो छ' भनेर यो कान नसुन्ने बुढीलाई ठीक्क पार्छन र जान्छन। तँ पनि उही ड्याङको मुला न परिस। तर बाबै… मलाई सब था हुन्छ - के ठीक छ अनी के नराम्रो छ। मेरा इन्द्रीयले सब बताउँछन। तिमेरु जम्मैको उमेर भोगेकी छु मैले।" मेरो कामचलाऊ उत्तरले हजुरआमा मान्नुहुन्छ जस्तो लागेन।
"घोर कलियुग लागेको छ हजुरामा आजकल, खै के के मात्र सुनाँउ तपाईंलाई!" मैले अली ठुलो स्वरमा चिच्याएँ। अघीको काम चलाऊ उत्तर भन्दा दुईचार शब्द लामो।
“तेरा बोली पनि धोध्रिएछन्," वहाँले भन्नुभयो । मैले अघी भनेको सुन्नुभयो जस्तो लागेन ।
"ए साची, ति थिन् नि... माथ्लाघरे काजीकी छोरी... के नाम हो तीनको... सुद्दीपनी हराइसक्यो कान र आँखा त गए गए। के रे नाती नाउँ?" प्रसँग बद्लिदै हजुरामाले सोध्नुभयो।