Monday, July 25, 2011

पसिना साँचेको कहिलेको लागि ? (कबिता)


 (कक्षा ९ म पढ्दा)

धेरै सुतें,
सुती नै रहेको छु,
उठ्न मन छैन मलाई
सँगै अरु धेरै सुते
सुति नै रहेका छन
उठ्न मन छैन
उनिहरुलाई पनि ।।

साच्ची सुतेको भए
कोशीस गर्थ्यौँ होला ब्युझने
लगायत अरु पनि
तर
सुते झैँ गरेको हुनाले
उठ्ने भएनन त्यँहा कोही पनि

एक अध्यारो कुनाबाट कसैले आवाज उठायो -
'हे मित्र हो! अब धेरै नसुतौँ, जागौँ ! पसिना बगाऔँ'
तर तब बहिरो भए, बहिरै छु
सुनिन मैले केही पनि !
सङ्सङै अरु पनि बहिरो भए, बहिरै छन
सुनेन कसैले केही पनि ।।

साच्ची बहिरो भएको भए
जसरी पनि कोशीस गर्थेँ होला सुन्ने
तर बहिरो झैँ भएको हुनाले
सुन्ने कोशीस गरिनौ कसैले, लगायत अरुले

त्यो चिच्याउने मित्र अझ एकछिन
उफ्री उफ्री मच्चीयो, करायो
तर अन्त्यमा कोही नबोलेको देख्दा,
कोही नचलेको देख्दा, त्यो आवाज
त्यसै त्यसै कता बिलायो, खै कता बिलायो ।।
ढुङ्गा मुढा भएको भए
चल्न खोज्थेँ होला जसरी पनि
तर ढुङ्गा मुढा झैँ भएको हुनाले
लडिरह्यौँ, चर्पटाइनौ कोही पनि !

अब आसा मरेर पो हो कि
आँफैले मारेर हो
हिम्मत हारेर पो हो कि
आत्मासमर्पण गरेर हो
कहिले सम्मको लागि
यसरी आँखा खोली खोली सुतेको हो
खै! कहिले सम्मको लागि
हातगोडा यि बाँधेको हो
खै! कहिले सम्मको लागि
कानमा तेल हालेको हो
खै! कहिले सम्मको लागि
मैले पसिना साँचेको हो
खै कहिले सम्मको लागि ।।

एस. एन.

पल्टने माया (गित)


(कक्षा सात)

केटा : पल्टन है जादैँ छु आस नगर है मेरो
बनाउनु तिमी घरबार सजाउनु सेरोफेरो
पल्टन है जादै छु…….
केटी : मायाको आस रहुन्जेल सास राख्नेछु दिन रात
कदम कदम थामीदेउ तिमी मात्रा मेरो हात
तिमी मात्रा मेरो हात……

केटा : जीवन मेरो लडाईं भो, खाना हुने भो गोली
मेरो लागि तिमी नगर बरबाद आफ्नो भोलि…..

केटी : विश्वाश मलाई फर्की आउने छौ सिन्दूर लीइ हातमा
लाने छौ मलाई बेहुली बनाइ डोली चडाइ आफ्नो साथमा

केटा : जिद नगर तिमी यसरी बिर्सिदेउ मलाई अब
सँगै डुलेको, वन घुमेको, माया लाएको सब
पल्टन है जादैछु …..

केटी : दुस्मनको गोली त्यो छाती खोली छेक्दै मात्र जाउ तिमी
रक्षा गर्ने छन यो हाम्रो प्रेमलाई इश्वरले नै पनी
ला रा ला ला ला रा

केटा : पल्टन है जादै छु ......

एस. एन. 

जुनेली रातमा ! (गित)


(कक्षा सात)

जुनेली रातमा तिमी आउ साथमा
यो मेरो ज्यान तिम्रो नै हातमा
जुनेली रातमा, ला ला ला

मन छैन ठाँउमा, कसोरी गाँउ -
बेहोसी भएँ तिम्रो नै नाँउ मा
जुनेली रात मा, ला ला ला

तड्पिन्छु रात दिन, भन्न सक्दिन -
एक्लो भएको छु माया तिमी आउन
जुनेली रातमा, ला ला ला

यो मेरो आँखा तिम्रो नै आँखामा -
मिलाउन सुर तिमी यो मेरो भाकामा
जुनेली रातमा ला ला ला

एस. एन.

आँखा खोल्दा (कबिता)

(कक्षा हुँदा रचेको )

जबसम्म आँखा बन्द थियो
अध्यारो नै अध्यारो ले सतायो
जब देखी आँखा खोलें
यो संसारलाई देखेर आँफैलाई भुलें ।।

नयाँ बिहानीको पहिलो किरण देख्न पाँए
क्षितिजबाट घाम निस्केको देख्दा ज्यादै रमाएँ
घामको झुल्काले हिमालसँग मितेरी गाँस्न थाल्यो
त्यस्बखत संसारको सुन्दरता सोच्न वाध्य बनायो ।।

कोहिलिले सुरिलो भाकामा कु हु कु हु गर्न थाल्यो
यसले मलाई झनै आकर्सित तुल्यायो
कोहिली सङ्सगै पनि गाँउन थालें
आँखा खोल्दाको अनुभवबाट ज्यादै रमाएँ ।।

निलो आकाशमा कलिलो घाम चिटिक्क सुहायो
त्यो सुन्दरता कतै हराउने हैन भनी मनले झस्कायो
प्राकृतिक सुन्दरता नजिकै बाट निहाल्न पाएँ
आँखा खोले पछी को संसार देखी ज्यादै रमाएँ, ज्यादै रमाएँ ।।

एस. एन.

विध्यार्थी (कबिता)

(कक्षा सातमा हुँदा लेखेको)

आज पढ्न त्यतिकै भो
भोली देखी राम्रो पढ्छु
भोली पनि आजै भइदिन्छ
चाँही भोली भोली भन्ने गर्छु ।।

जसरी खान दिनौ पर्ने
विध्यार्थीलाई पढ्न त्यसै भन्नुपर्ने
सकेसम्मा ताजा खाना खाँउ
पढ्नलाई भोली भन्न नजाउँ ।।

अघीपछीको बाटो हेर
समयलाई नफाल खेर
साचो कुरा यही हो हेर
ज्यादा के लेखौँ धेर ।।

एस. एन.