(कक्षा सात)
जुनेली रातमा तिमी आउ साथमा
यो मेरो ज्यान छ तिम्रो नै हातमा
जुनेली रातमा, ला ला ला
मन छैन ठाँउमा, कसोरी गाँउ म - २
बेहोसी भएँ म तिम्रो नै नाँउ मा
जुनेली रात मा, ला ला ला
तड्पिन्छु रात दिन, भन्न म सक्दिन - २
एक्लो भएको छु माया तिमी आउन
जुनेली रातमा, ला ला ला
यो मेरो आँखा छ तिम्रो नै आँखामा - २
मिलाउन सुर तिमी यो मेरो भाकामा
जुनेली रातमा ला ला ला
एस. एन.