(कक्षा ९ म पढ्दा)
म धेरै सुतें,
सुती नै रहेको छु,
उठ्न मन छैन मलाई
म सँगै अरु धेरै सुते
सुति नै रहेका छन
उठ्न मन छैन
उनिहरुलाई पनि ।।
साच्ची सुतेको भए
कोशीस गर्थ्यौँ होला ब्युझने
म लगायत अरु पनि
तर
सुते झैँ गरेको हुनाले
उठ्ने भएनन त्यँहा कोही पनि
एक अध्यारो कुनाबाट कसैले आवाज उठायो -
'हे मित्र हो! अब धेरै नसुतौँ, जागौँ ! पसिना बगाऔँ'
तर तब म बहिरो भए, बहिरै छु
सुनिन मैले केही पनि !
म सङ्सङै अरु पनि बहिरो भए, बहिरै छन
सुनेन कसैले केही पनि ।।
साच्ची बहिरो भएको भए
जसरी पनि कोशीस गर्थेँ होला म सुन्ने
तर बहिरो झैँ भएको हुनाले
सुन्ने कोशीस गरिनौ कसैले, म लगायत अरुले
त्यो चिच्याउने मित्र अझ एकछिन
उफ्री उफ्री मच्चीयो, करायो
तर अन्त्यमा कोही नबोलेको देख्दा,
कोही नचलेको देख्दा, त्यो आवाज
त्यसै त्यसै कता बिलायो, खै कता बिलायो ।।
ढुङ्गा मुढा भएको भए
चल्न खोज्थेँ होला म जसरी पनि
तर ढुङ्गा मुढा झैँ भएको हुनाले
लडिरह्यौँ, चर्पटाइनौ कोही पनि !
अब आसा मरेर पो हो कि
आँफैले मारेर हो
हिम्मत हारेर पो हो कि
आत्मासमर्पण गरेर हो
कहिले सम्मको लागि
म यसरी आँखा खोली खोली सुतेको हो
खै! कहिले सम्मको लागि
हातगोडा यि बाँधेको हो
खै! कहिले सम्मको लागि
कानमा तेल हालेको हो
खै! कहिले सम्मको लागि
मैले पसिना साँचेको हो
खै कहिले सम्मको लागि ।।
एस. एन.