Saturday, August 18, 2012

बुवा...


आमा भन्दै हुनुहुन्थियो - "हेर बाबु, यो चामल लाई हेर, एस्मा बिँया कती धेरै, चामल भन्दा बडी बिँया ढुङ्गै होलान। तर के गर्नु खानै पर्यो, पेट पाल्नै पर्यो। धन्न चामलको भात खान पाइएको , बेलामा का पाउनु... तिमीहरु साह्रै भाग्यमानी। चामलको भात खान पाका छौ, मजाले सरर गाडी चड्न पाका छौ, फेसन फेसनका लुगा लाका छौ, पढ्न पाका छौ। बेलामा बा ले पढ्नै दिएनन।" यत्तिकैमा मैले जिस्किदो पाराले भनेको थिंए - "अब पढ्नु नि , सिकाइ दिन्छु। फर एप्पल, बि फर बल।" उँहा कस्तरी हाँस्नु भएको थियो। "अँ अब मैले पढ्न थालें भने, गाईको गोबर तैले सोर्छस? भात भान्सा, घाँस, लिप्नु-पोत्नु भन्यो, तिमीहरुको गु सोर्दै ठीक्क छ। तेरा बा ले धन्न बिराटनगरमा किलाससम्म पढ्नु भएछ। रातीको किलास थियो रेपछी जागिर खानु भन्यो, आफ्ना भाइहरुलाई पढाउन भन्यो, आमा-बालाई मधेसमा ल्याएर राख भन्यो, गर्दा गर्दै छुटेछ। जेठो छोरो बिचरा, धेरै भोगेका छन तेरा बा ले।" यती भन्दासम्म आमा निकै भाबुक हुनु भयो। उँहाको नाक रातो भइसकेको थियो। आँखाहरु पनि रसाएको देखेँ। उंहाले सुतिको साडी लाउनु भएको थियो, मलाई याद - त्यो रातो साडी। साडिको एक फेरो तानेर उँहाले आँखा पुछ्नु भयो। फेरी अर्को थोपा आँखाको डिलमा अडिन नसकेर गालामा पोखियो। त्यस्लाई पनि आमाले हातले पुछेर मिल्काइदिनु भयो। कस्तो माया लाग्दो पाराले मलाई हेर्नु भयो अनी आफुलाई नर्मल देखाउन खोज्दै भन्नुभयो - "तेरो पनि कपाल काट्ने बेला भएछ अब, स्कुलमा सर मिसले केही भनेका छैनन?" मैले छैनन को मुन्टो हल्लाएँ।
मैले आमा रोएको पैलो पल्ट देखेको थिए। ठुला मान्छे रोएको देखेको भनेको नै यो पहिलो थियो मेरा लागि। ठुला मान्छे रुँदा के गर्नु पर्छ? अकमक्क भएं। त्यसमाथी ति ठुलि मान्छे स्वयम् मेरी आमा थिइन। घोसे मुन्टो लाएर बसीरहे।
"जा उठ् पढ्न जा अब" यती भनेर आमा भन्सातिर लाग्नु भयो। चामलका बिँया भुइमा छरिएका थिए, एक जोडी परेवा फुरर् आएर टिप्न थाले। भन्साबाट सिsssss... कुकरको सिट्टी लाग्यो।

Saturday, July 21, 2012

|| चेरी फुल्दा परदेशमा ||


मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला
उस्तै छ कि परीबेश, बद्लिसक्यो मित्र ?
ट्युसन, क्याम्पस, स्कुलतिर ठिटाठिटी धाउँछन होला ।।

यादै होला तिमीलाई पनि नहरमा पौडिएको
२-४ रुपँया भेलापारी फिलिम हेर्न दौडिएको
चल्दैछ कि हाम्रो साइकल, थोत्री सक्यो मित्र ?
भुराभुरी दसैंतिहार नयाँ नाना लाउँछन होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……

Sunday, July 15, 2012

मैले विवाह गरिसकेँ...

उनी हिंड्ने बाटोमा
फुल, माला छरिसकेँ
खाली उस्को सिउँदो थियो
मैले सिन्दूर भरीसकेँ
भो अब नखोज्नोस केटी आमा
मैले विवाह गरिसकेँ ।।

सोध्नेहरु सोध्दै गर्छन्
मैले त सुन्नै छाडिसकेँ
बिशाल डुंगा सागरमा थियो  
मायालु सङ्गै तारिसकेँ  
भो अब नडाक्नोस लमी आमा
मैले विवाह गरिसकेँ ।।

Saturday, July 7, 2012

झटारो - एसएलसीको


पछील्ला केही समाचारहरु:
“एसएलसीमा आधाभन्दा बढी फेल”, “एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी”, “एसएलसीमा फेल भएपछि आत्महत्या”, “एसएलसी ओरालै ओरालो”............
शिक्षामा राजनीति भित्रिए पछी यस्तै हुन्छ राजनीतिमा शिक्षाको आवश्यकता , उल्टो होइन अर्बको सरकारी खर्च चार वर्षको समय व्यर्थमा खर्च गरेर २०६९ जेठ १५ को मध्यरातपछि संविधानसभा १०० % फेल भयो आज ५२.८४ प्रतिशत विद्यार्थीफेल’ भए पढ्दा दु:खलाग्छ यो 'फेल' भन्ने शब्द शिक्षामा किन प्रयोग गरिन्छ? फेल ६०१ सभासद भा'का हुन फेल ति आडम्बरी नेताहरु भा'का हुन जनताको सपनाको खेती गर्ने, बन्द, जुलुस, तोडफोड गर्ने ति सारा पाखण्डीहरु फेल भएका हुन विद्यार्थी कहिलै फेल हुँदैन मनै कटक्क हुन्छ यो 'फेल' शब्द सुन्दा 'you failed' भनेर घाऊमा नुनचुक किन छर्किने ? "एसएलसीमा फेल भएपछि आत्महत्या" जस्ता अत्यन्त मार्मिक खबर सुन्न नपरोस । मेरो शुभकामना सम्पूर्ण १० कक्षासम्म पुगेर एसएलसी दिनुभएकाहरुलाई । कक्षा १० सम्म पुग्ने तपाईं विद्यार्थीहरु आजका धेरै नेताहरु भन्दा सिक्षित हुनुभयो । अर्को बर्ष अझ मेहेनत गर्नु होला ।

Thursday, February 2, 2012

श्वासनी - लोग्ने


गुजुमुज्ज, गजधम्म, लट्टाधारी, छरपस्ट
फोटा अगाडि
ढसमस्स, थ्याच्च, मनसान्त, आँखा चिम्म
श्वासनी बस्छे अनी भन्छे - "बुद्धी दिनोस, मेरो लोग्नेलाई, बुद्धी दिनोस हे भोलेनाथ !"

बेमत्लबी, बेवकुफ, बेसुरा, बेवफाको
बेवास्तालाई सम्झिदै
जर्याक्जुरुक, फर्याक्फुरुक, रौसिएर, हौसिएर
श्वासनी रुन्छे अनी भन्छे - "लैजाउ प्रभु तिमी सँगै, पुग्यो बाँच्न जगतमा"

Tuesday, January 10, 2012

छोट्करी !!

म बिलाएको छैन म जिउँदै छु
पर्ख, बिस्तारै उठौला म पिउदैछु
जती हाँस्छौ हाँस आज यो रात बाँकी छँदै
हाँसोले नै म पनि उध्रिएको मन सिउँदौछु ।।

त्यएसै घाइते मेरो मनमा, छर्किदीइन नुन
अब ! भुत्रो जस्तो लाग्छन तारा, भुत्रै देख्छु जुन
जती नाच्छौ नाँच आज यो रात बाँकी छँदै
भोली उठ्छु, मुख धुन्छु, लेख्छु नयाँ धुन ।।