Monday, July 25, 2011

कुरै बुझ्न सकिन ! (कबिता)


(कक्षा १० मा पढ्दा)

आजभोली सँग तिमी रिसाएकी देखिन्छौ
ति म्रिगनयनी आँखामा क्रोध मिसाएकी देखिन्छौ
अब तिम्रा गुलाबी ओठबाट हाँसो टप्कन पनि छोडेछ
खै कुन दैव लागेर हो हाम्रो पिरतीलाई फनक्क मोडेछ ।।

फुल ढकमक्क भएर फुल्दथ्यो तिमीले हाँसीदिदा
भवराहरु डुल्न भुल्दथे तिमीले नाचिदिदा
तर आज सम्पूर्ण बातावरण नै रोएको देख्दछु
भक्कानिदै आज तिम्रो यादमा कबिता लेख्दछु ।।

औंसिको रातमा पनि दिपक देख्दथें तिमी छँदा साथमा
आज त्यही आँखाले कालो देख्दछ पुर्णिमाको रातमा
बिन्ती गर्दछु सँग रिसाउने कारण बताइदेउ
त्यसै रोएको यो मन, त्यसमाथी तिमी नसताइदेउ ।।

त्यो तिम्रो म्रिगनयनी आँखा माथिको गाजलको कसम
तिमीलाई मुरी मुरी माया दिउँला जनम जनम
हाम्रो पिरती देख्न नसक्ने कसैको बात पो लाग्यो कि
मैले कुरै बुझ्न सकिन, तिमी किन रिसाएकी ।।

एस. एन.

हृदय मन्थन (सुत्र काब्य)


(कक्षा १० पढ्दा)

किन बत्ती बाल्नु पर्यो ?
मैले तिमीलाई
अध्यारो मा देखिरहेकी छु ।।

आज पो पिच सडकमा छु
हिजो पनि
तिमीजस्तै गोरेटोमा थिँए ।।

मनको बह कसैलाई नकह
मन भित्रका कुराहरु सबै
कुहिएर अचारै हुने भए ।।

जती हावा चले पनि
जती पात हल्ले पनि
तिमी आउने सङ्केत
कसैले दिएन ।।

जँही त्यँही सल्यकृया भइरन्छ
आँसु रोक्ने सल्यकृया
गर्न पाए हुन्थ्यो ।।

अस्ती खेल सिकाएँ
हिजो खेल खेल्यौं
आज
तिमीले जित्यौ, मैले हारेँ ।। 

एस. एन.

पसिना साँचेको कहिलेको लागि ? (कबिता)


 (कक्षा ९ म पढ्दा)

धेरै सुतें,
सुती नै रहेको छु,
उठ्न मन छैन मलाई
सँगै अरु धेरै सुते
सुति नै रहेका छन
उठ्न मन छैन
उनिहरुलाई पनि ।।

साच्ची सुतेको भए
कोशीस गर्थ्यौँ होला ब्युझने
लगायत अरु पनि
तर
सुते झैँ गरेको हुनाले
उठ्ने भएनन त्यँहा कोही पनि

एक अध्यारो कुनाबाट कसैले आवाज उठायो -
'हे मित्र हो! अब धेरै नसुतौँ, जागौँ ! पसिना बगाऔँ'
तर तब बहिरो भए, बहिरै छु
सुनिन मैले केही पनि !
सङ्सङै अरु पनि बहिरो भए, बहिरै छन
सुनेन कसैले केही पनि ।।

साच्ची बहिरो भएको भए
जसरी पनि कोशीस गर्थेँ होला सुन्ने
तर बहिरो झैँ भएको हुनाले
सुन्ने कोशीस गरिनौ कसैले, लगायत अरुले

त्यो चिच्याउने मित्र अझ एकछिन
उफ्री उफ्री मच्चीयो, करायो
तर अन्त्यमा कोही नबोलेको देख्दा,
कोही नचलेको देख्दा, त्यो आवाज
त्यसै त्यसै कता बिलायो, खै कता बिलायो ।।
ढुङ्गा मुढा भएको भए
चल्न खोज्थेँ होला जसरी पनि
तर ढुङ्गा मुढा झैँ भएको हुनाले
लडिरह्यौँ, चर्पटाइनौ कोही पनि !

अब आसा मरेर पो हो कि
आँफैले मारेर हो
हिम्मत हारेर पो हो कि
आत्मासमर्पण गरेर हो
कहिले सम्मको लागि
यसरी आँखा खोली खोली सुतेको हो
खै! कहिले सम्मको लागि
हातगोडा यि बाँधेको हो
खै! कहिले सम्मको लागि
कानमा तेल हालेको हो
खै! कहिले सम्मको लागि
मैले पसिना साँचेको हो
खै कहिले सम्मको लागि ।।

एस. एन.

पल्टने माया (गित)


(कक्षा सात)

केटा : पल्टन है जादैँ छु आस नगर है मेरो
बनाउनु तिमी घरबार सजाउनु सेरोफेरो
पल्टन है जादै छु…….
केटी : मायाको आस रहुन्जेल सास राख्नेछु दिन रात
कदम कदम थामीदेउ तिमी मात्रा मेरो हात
तिमी मात्रा मेरो हात……

केटा : जीवन मेरो लडाईं भो, खाना हुने भो गोली
मेरो लागि तिमी नगर बरबाद आफ्नो भोलि…..

केटी : विश्वाश मलाई फर्की आउने छौ सिन्दूर लीइ हातमा
लाने छौ मलाई बेहुली बनाइ डोली चडाइ आफ्नो साथमा

केटा : जिद नगर तिमी यसरी बिर्सिदेउ मलाई अब
सँगै डुलेको, वन घुमेको, माया लाएको सब
पल्टन है जादैछु …..

केटी : दुस्मनको गोली त्यो छाती खोली छेक्दै मात्र जाउ तिमी
रक्षा गर्ने छन यो हाम्रो प्रेमलाई इश्वरले नै पनी
ला रा ला ला ला रा

केटा : पल्टन है जादै छु ......

एस. एन.