Monday, July 25, 2011

कुरै बुझ्न सकिन ! (कबिता)


(कक्षा १० मा पढ्दा)

आजभोली सँग तिमी रिसाएकी देखिन्छौ
ति म्रिगनयनी आँखामा क्रोध मिसाएकी देखिन्छौ
अब तिम्रा गुलाबी ओठबाट हाँसो टप्कन पनि छोडेछ
खै कुन दैव लागेर हो हाम्रो पिरतीलाई फनक्क मोडेछ ।।

फुल ढकमक्क भएर फुल्दथ्यो तिमीले हाँसीदिदा
भवराहरु डुल्न भुल्दथे तिमीले नाचिदिदा
तर आज सम्पूर्ण बातावरण नै रोएको देख्दछु
भक्कानिदै आज तिम्रो यादमा कबिता लेख्दछु ।।

औंसिको रातमा पनि दिपक देख्दथें तिमी छँदा साथमा
आज त्यही आँखाले कालो देख्दछ पुर्णिमाको रातमा
बिन्ती गर्दछु सँग रिसाउने कारण बताइदेउ
त्यसै रोएको यो मन, त्यसमाथी तिमी नसताइदेउ ।।

त्यो तिम्रो म्रिगनयनी आँखा माथिको गाजलको कसम
तिमीलाई मुरी मुरी माया दिउँला जनम जनम
हाम्रो पिरती देख्न नसक्ने कसैको बात पो लाग्यो कि
मैले कुरै बुझ्न सकिन, तिमी किन रिसाएकी ।।

एस. एन.