(कक्षा १० म पढ्दा)
किन बत्ती बाल्नु पर्यो ?
मैले तिमीलाई
अध्यारो मा देखिरहेकी छु ।।
आज पो म पिच सडकमा छु
हिजो त म पनि
तिमीजस्तै गोरेटोमा थिँए ।।
मनको बह कसैलाई नकह
मन भित्रका कुराहरु सबै
कुहिएर अचारै हुने भए ।।
जती हावा चले पनि
जती पात हल्ले पनि
तिमी आउने सङ्केत
कसैले दिएन ।।
जँही त्यँही सल्यकृया भइरन्छ
आँसु रोक्ने सल्यकृया
गर्न पाए हुन्थ्यो ।।
अस्ती खेल सिकाएँ
हिजो खेल खेल्यौं
आज
तिमीले जित्यौ, मैले हारेँ ।।
एस. एन.