Monday, July 25, 2011

एउटा मृत्‍यु (कबिता)


(कक्षा ११ मा पढ्दा )

अब लाज पचाउनु थ्यो, मैले लाज पचाइसकें
मैले मात्रा बाच्नु थ्यो, आफुलाई बचाइसकें
मरी, त्यो मर्यो फेरी एउटा मृत्यु भयो
मैले अर्को बली चडाइ कालीलाइ हँसाइसकें ।।
अझै मलाई बाच्नु , अझै मलाई हाँस्नु
तातो रातो रगत पिइ रमाइ रमाइ नाच्नु
अरु रोएको देख्दा मलाई हाँस उठ्छ
अरु हाँसेको देख्दा मलाई रन्का छुट्छ
देख्न सक्दिन कसैको ओठमा हाँसो
सान्ती सान्ती, चारैतिर सान्ती
यसको हत्या गर्नु थियो, मैले मृत्यु दीइसकें
फेरी एउटा मृत्यु भयो, फेरी मेरो जित भयो
फेरी सफल भए, उस्को सिँउदो रित्याइदिँए ।।
बिकासलाई सिध्याइ दिएँ, सबको जाँगर कुन्ठ्याइ दिएँ
छुट्टै छु, बेग्लै छु, माथि छु अरु तल
मेरो मन छैन, ढुङ्गा हुँ, चरपटाउन सक्दिन
प्रेम गर्छु मृत्युलाई, विश्वाश छैन दया मा अनी माया मा ।।
अन्धकार हुँ, औंसी हुँ अनी घ्रिणा गर्छु जुनको
मलाई फलाम देउ-धार लाउँछु, मलाई के काम त्यो सुनको !
डराएर बाच्नु भन्दा, डराउन सिकेँ मैले
राक्षस भएँ, पसु भएँ, खुन चुस्ने जुका भएँ
मेरो भर नपर है मैले विश्वाशको मृत्यु गरेँ ।।
फेरी एउटा मृत्यु भयो, पुन: बिजयी भएँ
मेरो निन्दा गर्ने जती खरानी धुँवा बने ।।
बिजयी भएँ नै
तर एक्लो छु रमाउने
सुन्यता वरिपरी, कथा कस्लाई सुनाउने ।।
पछी त्यो अनी त्यो पछी सान्ती
सान्ती पछी सिँउदो अनी लगत्तै सत्य
दया, माया सबै सिद्दिए
बाँकी रहेँ केवल
हो , एक्लो सिद्दिन लागेको
जिन्दगीलाई जिस्क्याउने, जीवनलाई गिज्याउने
फेरी एउटा मृत्यु हुन्छ अनी ........ ।। 

एस. एन.

कुरै बुझ्न सकिन ! (कबिता)


(कक्षा १० मा पढ्दा)

आजभोली सँग तिमी रिसाएकी देखिन्छौ
ति म्रिगनयनी आँखामा क्रोध मिसाएकी देखिन्छौ
अब तिम्रा गुलाबी ओठबाट हाँसो टप्कन पनि छोडेछ
खै कुन दैव लागेर हो हाम्रो पिरतीलाई फनक्क मोडेछ ।।

फुल ढकमक्क भएर फुल्दथ्यो तिमीले हाँसीदिदा
भवराहरु डुल्न भुल्दथे तिमीले नाचिदिदा
तर आज सम्पूर्ण बातावरण नै रोएको देख्दछु
भक्कानिदै आज तिम्रो यादमा कबिता लेख्दछु ।।

औंसिको रातमा पनि दिपक देख्दथें तिमी छँदा साथमा
आज त्यही आँखाले कालो देख्दछ पुर्णिमाको रातमा
बिन्ती गर्दछु सँग रिसाउने कारण बताइदेउ
त्यसै रोएको यो मन, त्यसमाथी तिमी नसताइदेउ ।।

त्यो तिम्रो म्रिगनयनी आँखा माथिको गाजलको कसम
तिमीलाई मुरी मुरी माया दिउँला जनम जनम
हाम्रो पिरती देख्न नसक्ने कसैको बात पो लाग्यो कि
मैले कुरै बुझ्न सकिन, तिमी किन रिसाएकी ।।

एस. एन.

हृदय मन्थन (सुत्र काब्य)


(कक्षा १० पढ्दा)

किन बत्ती बाल्नु पर्यो ?
मैले तिमीलाई
अध्यारो मा देखिरहेकी छु ।।

आज पो पिच सडकमा छु
हिजो पनि
तिमीजस्तै गोरेटोमा थिँए ।।

मनको बह कसैलाई नकह
मन भित्रका कुराहरु सबै
कुहिएर अचारै हुने भए ।।

जती हावा चले पनि
जती पात हल्ले पनि
तिमी आउने सङ्केत
कसैले दिएन ।।

जँही त्यँही सल्यकृया भइरन्छ
आँसु रोक्ने सल्यकृया
गर्न पाए हुन्थ्यो ।।

अस्ती खेल सिकाएँ
हिजो खेल खेल्यौं
आज
तिमीले जित्यौ, मैले हारेँ ।। 

एस. एन.