(कक्षा ११ मा पढ्दा )
अब लाज पचाउनु थ्यो, मैले लाज पचाइसकें
मैले मात्रा बाच्नु थ्यो, आफुलाई त बचाइसकें
उ मरी, त्यो मर्यो फेरी एउटा मृत्यु भयो
मैले अर्को बली चडाइ कालीलाइ त हँसाइसकें ।।
अझै मलाई बाच्नु छ, अझै मलाई हाँस्नु छ
तातो रातो रगत पिइ रमाइ रमाइ नाच्नु छ
अरु रोएको देख्दा मलाई हाँस उठ्छ
अरु हाँसेको देख्दा मलाई रन्का छुट्छ
देख्न सक्दिन म कसैको ओठमा हाँसो
सान्ती सान्ती, चारैतिर सान्ती
यसको हत्या गर्नु थियो, मैले मृत्यु दीइसकें
फेरी एउटा मृत्यु भयो, फेरी मेरो जित भयो
म फेरी सफल भए, उस्को सिँउदो रित्याइदिँए ।।
बिकासलाई सिध्याइ दिएँ, सबको जाँगर कुन्ठ्याइ दिएँ
म छुट्टै छु, म बेग्लै छु, म माथि छु अरु तल
मेरो मन छैन, म ढुङ्गा हुँ, चरपटाउन सक्दिन म
म प्रेम गर्छु मृत्युलाई, विश्वाश छैन दया मा अनी माया मा ।।
म अन्धकार हुँ, म औंसी हुँ अनी घ्रिणा गर्छु म जुनको
मलाई फलाम देउ-धार लाउँछु, मलाई के काम त्यो सुनको !
डराएर बाच्नु भन्दा, डराउन सिकेँ मैले
राक्षस भएँ, पसु भएँ, खुन चुस्ने जुका भएँ
मेरो भर नपर है मैले विश्वाशको मृत्यु गरेँ ।।
फेरी एउटा मृत्यु भयो, म पुन: बिजयी भएँ
मेरो निन्दा गर्ने जती खरानी र धुँवा बने ।।
बिजयी त भएँ म नै
तर एक्लो छु म रमाउने
सुन्यता छ वरिपरी, कथा कस्लाई सुनाउने ।।
उ पछी त्यो अनी त्यो पछी सान्ती
सान्ती पछी सिँउदो अनी लगत्तै सत्य
दया, माया सबै सिद्दिए
बाँकी रहेँ केवल म
हो म, एक्लो म सिद्दिन लागेको म
जिन्दगीलाई जिस्क्याउने, जीवनलाई गिज्याउने
फेरी एउटा मृत्यु हुन्छ अनी म ........ ।।
एस. एन.