राती १० बजे !
________
द्रिष्य १ : एक अत्यन्त साधारण र साङुरो, अध्यारो कोठा
मौसम : बेतोड जाडो
रमेश झ्यालबाट बाहिर हेर्दै टोलाइ रहेको छ । बिक्रम एक कुनामा मुडामा बसेर फाटेको पाइन्ट सिलाउँदैछ ।
रमेश : ए बिक्कु, यदी तँ अहिलेको १०:३० बजे देखी भोली बिहानको १०:३० सम्म नाङगै, कट्टुमात्र लाएर बाहिर बसिस भने तलाई कसैले १० करोड दिन्छु भन्यो रे भने के गर्छस ? बस्छस यो जाडोमा बाहिर ?
बिक्रम : वाइहात ! तँ बस्छस ?
रमेश : साले मैले तलाँइ सोधेको पहिला, त भन्न के गर्छस ?
बिक्रमको आँखा सियोको टुप्पोमा गएर अढिन्छ । रमेशको जिज्ञासु आँखाले बिक्रमलाई हेर्दैछ ।
-x-x-x-x-x-x-x-x-x—
द्रिष्य २ : ठुलो भरिभराउ कोठा, ठुला झ्याल । भित्ताभरी सल्मान खानको बडा बडा पोस्टर ।
मौसम : बेतोड जाडो
सिम्रन र सुबाश सिरक भित्र गुटुमुटु बसेर ल्याप्टपमा 'तेरे नाम' हेर्दैछन । छेउमा चियाको २ गिलासबाट बाफ फैलिदैछ ।
सुबाश : यदी अहिले सल्मान खान हाम्रो घरमा आयो र 'म तिमीबिना बाँच्न सक्दिन सिम्रन, तिमीलाई माहारानी बनाएर राख्छु, Please म सँग बिहे गर' भन्यो भने तिमी के गर्छौ ?
सिम्रन : मेरो सल्मान त तिमी नै हौ नि प्रिय ।
सुबाश : साच्ची भनेको मैले, भनन के गर्छौ? सुबाश कि सम्लान ?
सिम्रनको आँखा छतमा गएर अडिए । सुबाशको आँखा सिम्रनमा ।
--x-x-x-x-x-x-x-x--
Friday, December 9, 2011
Wednesday, September 28, 2011
बाटो
थिगिरी थिगिरी हिंड्ने बाटोमा
आज गोली चल्छन रे
घुगुती खेलाउने पाउ आज
खै किन हो छिट्टै गल्छन रे
मैले धेरै छुटाँए
कि म बाट धेरै छुट्टीए ?
आस दियो बल्ने ठाँउमा
आज राँको पो बल्छन रे !!
Thursday, August 18, 2011
आमा
म सुतेको सिरक डस्ना मिलाउदैछिन आमा
हुर्किएको छोरो म लुगा उनै धुन्छिन
मैला मेरा लुगाहरु केलाउदैछिन आमा !!
चिया पाक्छ मिलिक्कै, खाजा नास्ता त्यस्तै
तातो खान नसक्ने म, सेलाउदैछीन आमा
मिठ्ठाइ लिन मेरै लागि बजार कती धाउछिन
'आइज बाबु खान' भनी बोलाँउदैछिन आमा !!
गजल
थुप्रिएको ब्यथा माथि अझ ब्यथा थुप्रिदिदा
सपनिमा तिमीलाई सम्झी छट्पटीदै उफ्रिदिदा
छाती चर्कियो, मुटु धड्कियो, अनायसै घात लाग्यो
खाँदै नखाइ सराब पनि खाएजस्तै मात लाग्यो !!
---------------
त्यो छ नि…तिम्रो रातो सारी लाएर बस्नु ल…
सपनिमा तिमीलाई सम्झी छट्पटीदै उफ्रिदिदा
छाती चर्कियो, मुटु धड्कियो, अनायसै घात लाग्यो
खाँदै नखाइ सराब पनि खाएजस्तै मात लाग्यो !!
---------------
त्यो छ नि…तिम्रो रातो सारी लाएर बस्नु ल…
मलाई ढिला भयो भने तिमीले चैं खाएर बस्नु ल...
म आउने सन्देश,त्यो बतासले त दियो नै होला...
आफ्ना कुरा भन्नु छ, तिम्रा कुरा सुन्नु छ...
घाँस - दाउरा, चुलो, भात-भान्सा सबै भ्याएर बस्नु ल…
Saturday, August 13, 2011
आदर्श पुरुषको बत्तीस लक्षण !
पूर्वीय सभ्यता प्राचीन कालदेखि नै सौन्दर्यप्रति सजग पाइन्छ । यहाँका मनिषीहरूले कस्ता नरनारी सुन्दर एवं शुभदर्शना हुन्छन् भनेर धेरै कृतिमार्फत् वर्णन गरेका छन् । धेरै मात्रामा नारी सौन्दर्यलाई नै महत्त्व दिइएको पाइए पनि पूर्वीय शास्त्रमा पुरुष सौन्दर्यलाई पनि पर्याप्त स्थान दिइएको छ । पूर्वीय दर्शनमा विशिष्ट व्यक्तिहरूका शरीर एवं स्वभावमा हुने प्रसिद्ध बत्तीसवटा शुभलक्षण बताइएको छ । यस्ता लक्षण हुने पुरुष प्राचीन भारतवर्षमा आदर्श मानिन्थ्ये ।
१. पद्मासनमा बस्दा वृत्ताकार आसन हुनु
२. औँला लामा-लामा हुनु
३. औँला जोड्दा टम्म मिल्ने हुनु
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु
५. शरीर सात प्रकारले सुवासित हुनु
६. हरिणका जस्ता फिला
७. गुप्तांगहरू हात्तीका अण्डकोषजस्तै गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु
९. शरीरका विभिन्न अंग सुगठित रहनु
१०. काँध पुष्ट, चौडा एवं गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने तथा तलसम्म पुग्ने हुनु
१. पद्मासनमा बस्दा वृत्ताकार आसन हुनु
२. औँला लामा-लामा हुनु
३. औँला जोड्दा टम्म मिल्ने हुनु
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु
५. शरीर सात प्रकारले सुवासित हुनु
६. हरिणका जस्ता फिला
७. गुप्तांगहरू हात्तीका अण्डकोषजस्तै गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु
९. शरीरका विभिन्न अंग सुगठित रहनु
१०. काँध पुष्ट, चौडा एवं गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने तथा तलसम्म पुग्ने हुनु
Monday, August 8, 2011
गंगटा (कथा)
विश्व गंगटा प्रतियोगिताको निमन्त्रणा आयो । अमेरिकामा हुन लागेको यस प्रतियोगितामा फ्रानस, जापान, जर्मन, बेलायत, लगायतका अन्य धेरै युरोपेली, उत्तर अमेरिकी, दक्षिण अमेरिकी र केही एसियाली राष्ट्रहरु छनोटमा परे । जित्नेलाई ठुलो धनरासी प्रदान गरिने यस प्रतियोगितामा नेपाल पनि पर्यो । प्राप्त रकम देश बिकासमा खर्चिनु पर्ने एकमात्र सर्त थियो । सबै राष्ट्रहरुले उत्कृष्ट गंगटा भेला पारे । नेपालले पनि ६०१ गंगटा जम्मा गर्यो मधेस, पहाड र हिमाल सबैतिर बाट । सारा नेपालीमा खुशीयाली छायो, पुलकित भए सबै । आफ्नो देशले एउटा इतिहास रच्ने भयो - कतिले भने । फुलमालाले झकीझकाउ पारेर सम्पूर्ण देशको नेन्त्रित्व गर्न ति सबै गंगटाहरुलाई एउटा ठुलो, चमचमाउदो सिसाको भासमा राखियो । प्रतियोगिता नगिकिदै थियो । अब सम्पूर्ण देशको आँखा अनी प्रथाना ति गंगटामा थिए । नेपालीहरुको सपना अब धेरै टाढा थिएन । एक बरिस्ठ महानुभावकले ति जम्मै गंगटा लिएर अमेरिका प्रस्थान हुनुभयो । कार्यक्रम चालु भयो । अन्य राष्ट्रहरुले पनि त्यसैगरी आ-आफ्ना गंगटा सिसाको भासमा सबैले देख्ने गरी प्रतियोगोतामा ल्याए ।
'नेपालबाट किन यती धेरै गंगटा ?' एउटा खैरेले सोध्यो
'नेपालबाट किन यती धेरै गंगटा ?' एउटा खैरेले सोध्यो
Friday, August 5, 2011
झण्डा
मेरो झण्डाले मलाई बोलायो - के म जाँउ ?
तँ नआए मलाई लैजा भन्छ - के म ल्याउँ ?
मैले सोचेँ र भने - भै'गो म नै आउँछु
उ भन्छ - तँ सँग अरु को को आउँदैछन ?
अब के भनु ?
एस. एन.
तँ नआए मलाई लैजा भन्छ - के म ल्याउँ ?
मैले सोचेँ र भने - भै'गो म नै आउँछु
उ भन्छ - तँ सँग अरु को को आउँदैछन ?
अब के भनु ?
एस. एन.
Thursday, August 4, 2011
दुई लाइन !
रित्तो गाग्री टुलुटुलु मलाई हेर्छ
अनी प्रश्न गर्छ - 'जाने नै भइस ?'
-------
ड्रेसिङ टेबलमा काँइयो ….. लम्पसार
कतिखेर कुन चै को टाउकोमा जोतिने हो ।
-------
माया र दार्ही
जति काट्यो, त्यती पलाउँछ ।
------
मैले उस्लाई हेरेँ, तर देखेको छैन
लामो नाक रै'छ त्यती हो ।
-------
मैलो सिराने, च्यातिएको डस्ना
चुहिने छत, सिरकको व्यथा ।
-------
दुई पाथी धान, एउटा बोको
बोक्सिको उपचार !
Tuesday, July 26, 2011
भित्ते पात्रो (कबिता)
(२०१० साल समर - अमेरिकामा हुँदा, मिनेसोट्टा राज्य - सेन्ट क्लाउड )
१, २, ३ .....
बैशाख, जेठ, असार .....
January, February, March .....
औँसी, पुर्णिमा, प्रतिपदा .....
दसैं, तिहार, छठ, ठुलि एकादसी
ईन्द्रजात्रा, घोडेजात्रा, गाइजात्रा
प्रजातन्र दिवस, शहिद दिवस, गणतन्त्र दिवस
भानु जयन्ती, मोती जयन्ती, बुद्द जयन्ती
आमाको मुख हेर्ने, बुवाको मुख हेर्ने, शिवरात्री
जनाइ पुर्णिमा, नागपञ्चमी, कृष्ण जन्मास्ठमी
सुर्यग्रहण, चन्द्रग्रहण, रक्षा बन्धन
हरितालिका तिज, ॠषि पञ्चमी, सोर्ह स्राद्ध
विवाह मुहुर्त, ब्रतबन्ध मुहुर्त, अन्नप्रासनको साइत
बालदिवस, नारी दिवस, AIDS दिवस, अपाङ्ग दिवस
भ्यालेन्टाइन डे, फ्रेन्ड्सिप डे, क्रिस्मस डे
एक दिन पनि तिमीलाई मेरो याद आएन है ?
एस. एन.
प्रदसनी (कबिता)
(+२ पढ्दा कोटेश्वरको डेरामा एक रात)
जिन्दगीको यात्रामा धेरै थोरै
सुख देखियो, धेरै थोरै दु:ख पनि
लाग्छ यो जिन्दगी पनि हो एउटा
सुख दु:खको प्रदसनी !!
लोग्ने यहाँ खुशी छैन
दुखी नै छ श्वासनी पनि
आजकल खाना राम्रो बन्दैन
हेर्न जाँउ खानाको प्रदसनी !!
नेताहरु राम्रा भएनन
भस्ट्रचारी र छन यहाँ देशद्रोही पनि
जाँउ साथी यसको बिरुद्धमा
गरौँ एउटा प्रदसनी !!
खाना छैन, पानी छैन
मागी हिंड्ने हाम्रो बानी छैन
छैनन यहाँ कल कारखाना
छैन यहाँ काम पनि
जाँउ साथी यसको बिरुद्दमा गरौँ एउटा प्रदसनी !!
हाम्रा शिक्षक भएनन, निती भएन
भएन हामीलाई शिक्षा पनि
जाँउ साथी यसको बिरुद्दमा टायर बालौँ हामी पनि !!
मोटर चड्न गाह्रो भो
चुल्ही सक्यो भाडा पनि
हिंड्न पनि गाह्रो छ, गाह्रो चुपचाप बस्न पनि
जाँउ साथी यसको बिरुद्द सडक अवरुद्द गरौँ आजै हामी !!
महिलाहरु पिछडिए रे
पाएनन शिक्षा उनिहरुले पनि
भात भान्सा मै दिन बित्छ
कुटी हिड्छ लोग्ने पनि
आज नेपाल बन्द छ, भोली पाउली छोरी पनि !!
एस. एन.
बिस्कुट (कबिता)
(+२ पढ्दा कोटेश्वरको डेरामा एक रात)
मलाई मनपर्छ बिस्कुट
त्यसैले म खान्छु बिस्कुट
त्यो तिमीलाई मन नपर्न सक्छ
तिमी त्यस्लाई हेला गर्न सक्छौ
तर मलाई मनपर्छ बिस्कुट !!
तिमी बिस्कुट देखेर नाक खुम्च्याउछौ
मैले खाएको देखेर दाँत ङिच्चयाउँछौ
तिमी यसलाई मन नपराउने भए मन नपराउ
तर मलाई मनपर्छ बिस्कुट !!
मेरो लागि त जीवनको एक अंग बनेको छ यो
बिहानको नास्ता, दिँउसोको खाजा र
कहिलेकाँही त रातको खाना पनि बनेको छ यो - जस्तै आज
चाहिदैन मलाई ति तिम्रा पिजा अनी बर्गर
मेरो लागि त त्यही प्यारो छ,
त्यही मलाई मनपर्ने बिस्कुट !!
एस. एन.
Subscribe to:
Posts (Atom)