Tuesday, July 26, 2011

बिस्कुट (कबिता)

(+ पढ्दा कोटेश्वरको डेरामा एक रात)

मलाई मनपर्छ बिस्कुट
त्यसैले खान्छु बिस्कुट
त्यो तिमीलाई मन नपर्न सक्छ
तिमी त्यस्लाई हेला गर्न सक्छौ
तर मलाई मनपर्छ बिस्कुट !!

तिमी बिस्कुट देखेर नाक खुम्च्याउछौ
मैले खाएको देखेर दाँत ङिच्चयाउँछौ
तिमी यसलाई मन नपराउने भए मन नपराउ
तर मलाई मनपर्छ बिस्कुट !!

मेरो लागि जीवनको एक अंग बनेको यो
बिहानको नास्ता, दिँउसोको खाजा
कहिलेकाँही रातको खाना पनि बनेको यो - जस्तै आज
चाहिदैन मलाई ति तिम्रा पिजा अनी बर्गर
मेरो लागि त्यही प्यारो ,
त्यही मलाई मनपर्ने बिस्कुट !!

एस. एन.