(+२ पढ्दा कोटेश्वरको डेरामा एक रात)
जिन्दगीको यात्रामा धेरै थोरै
सुख देखियो, धेरै थोरै दु:ख पनि
लाग्छ यो जिन्दगी पनि हो एउटा
सुख दु:खको प्रदसनी !!
लोग्ने यहाँ खुशी छैन
दुखी नै छ श्वासनी पनि
आजकल खाना राम्रो बन्दैन
हेर्न जाँउ खानाको प्रदसनी !!
नेताहरु राम्रा भएनन
भस्ट्रचारी र छन यहाँ देशद्रोही पनि
जाँउ साथी यसको बिरुद्धमा
गरौँ एउटा प्रदसनी !!
खाना छैन, पानी छैन
मागी हिंड्ने हाम्रो बानी छैन
छैनन यहाँ कल कारखाना
छैन यहाँ काम पनि
जाँउ साथी यसको बिरुद्दमा गरौँ एउटा प्रदसनी !!
हाम्रा शिक्षक भएनन, निती भएन
भएन हामीलाई शिक्षा पनि
जाँउ साथी यसको बिरुद्दमा टायर बालौँ हामी पनि !!
मोटर चड्न गाह्रो भो
चुल्ही सक्यो भाडा पनि
हिंड्न पनि गाह्रो छ, गाह्रो चुपचाप बस्न पनि
जाँउ साथी यसको बिरुद्द सडक अवरुद्द गरौँ आजै हामी !!
महिलाहरु पिछडिए रे
पाएनन शिक्षा उनिहरुले पनि
भात भान्सा मै दिन बित्छ
कुटी हिड्छ लोग्ने पनि
आज नेपाल बन्द छ, भोली पाउली छोरी पनि !!
एस. एन.