Thursday, August 4, 2011

facebook (हाँसो) (click the link below)

facebook (हाँसो)

भित्ते पात्रो (कबिता) (Click the link below)

भित्ते पात्रो (कबिता

दुई लाइन !

 रित्तो गाग्री टुलुटुलु मलाई हेर्छ
अनी प्रश्न गर्छ - 'जाने नै भइस ?'
-------
ड्रेसिङ टेबलमा काँइयो ….. लम्पसार
कतिखेर कुन चै को टाउकोमा जोतिने हो
-------
माया दार्ही
जति काट्यो, त्यती पलाउँछ
------
मैले उस्लाई हेरेँ, तर देखेको छैन
लामो नाक रै' त्यती हो  
-------
मैलो सिराने, च्यातिएको डस्ना
चुहिने छत, सिरकको व्यथा
-------
दुई पाथी धान, एउटा बोको
बोक्सिको उपचार !

Tuesday, July 26, 2011

भित्ते पात्रो (कबिता)

(२०१० साल समर - अमेरिकामा हुँदा, मिनेसोट्टा राज्य - सेन्ट क्लाउड )

, ,  .....
बैशाख, जेठ, असार .....
January, February, March .....
औँसी, पुर्णिमा, प्रतिपदा .....
दसैं, तिहार, छठ, ठुलि एकादसी
ईन्द्रजात्रा, घोडेजात्रा, गाइजात्रा
प्रजातन्र दिवस, शहिद दिवस, गणतन्त्र दिवस
भानु जयन्ती, मोती जयन्ती, बुद्द जयन्ती
आमाको मुख हेर्ने, बुवाको मुख हेर्ने, शिवरात्री
जनाइ पुर्णिमा, नागपञ्चमी, कृष्ण जन्मास्ठमी
सुर्यग्रहण, चन्द्रग्रहण, रक्षा बन्धन
हरितालिका तिज, ॠषि पञ्चमी, सोर्ह स्राद्ध
विवाह मुहुर्त, ब्रतबन्ध मुहुर्त, अन्नप्रासनको साइत
बालदिवस, नारी दिवस, AIDS दिवस, अपाङ्ग दिवस
भ्यालेन्टाइन डे, फ्रेन्ड्सिप डे, क्रिस्मस डे
एक दिन पनि तिमीलाई मेरो याद आएन है ?

एस. एन.

प्रदसनी (कबिता)


(+ पढ्दा कोटेश्वरको डेरामा एक रात)

जिन्दगीको यात्रामा धेरै थोरै
सुख देखियो, धेरै थोरै दु: पनि
लाग्छ यो जिन्दगी पनि हो एउटा
सुख दु:खको प्रदसनी !!

लोग्ने यहाँ खुशी छैन
दुखी नै श्वासनी पनि
आजकल खाना राम्रो बन्दैन
हेर्न जाँउ खानाको प्रदसनी !!

नेताहरु राम्रा भएनन
भस्ट्रचारी छन यहाँ देशद्रोही पनि
जाँउ साथी यसको बिरुद्धमा
गरौँ एउटा प्रदसनी !!

खाना छैन, पानी छैन
मागी हिंड्ने हाम्रो बानी छैन
छैनन यहाँ कल कारखाना
छैन यहाँ काम पनि
जाँउ साथी यसको बिरुद्दमा गरौँ एउटा प्रदसनी !!

हाम्रा शिक्षक भएनन, निती भएन
भएन हामीलाई शिक्षा पनि
जाँउ साथी यसको बिरुद्दमा टायर बालौँ हामी पनि !!

मोटर चड्न गाह्रो भो
चुल्ही सक्यो भाडा पनि
हिंड्न पनि गाह्रो , गाह्रो चुपचाप बस्न पनि
जाँउ साथी यसको बिरुद्द सडक अवरुद्द गरौँ आजै हामी !!

महिलाहरु पिछडिए रे
पाएनन शिक्षा उनिहरुले पनि
भात भान्सा मै दिन बित्छ
कुटी हिड्छ लोग्ने पनि
आज नेपाल बन्द , भोली पाउली छोरी पनि !!

एस. एन.

बिस्कुट (कबिता)

(+ पढ्दा कोटेश्वरको डेरामा एक रात)

मलाई मनपर्छ बिस्कुट
त्यसैले खान्छु बिस्कुट
त्यो तिमीलाई मन नपर्न सक्छ
तिमी त्यस्लाई हेला गर्न सक्छौ
तर मलाई मनपर्छ बिस्कुट !!

तिमी बिस्कुट देखेर नाक खुम्च्याउछौ
मैले खाएको देखेर दाँत ङिच्चयाउँछौ
तिमी यसलाई मन नपराउने भए मन नपराउ
तर मलाई मनपर्छ बिस्कुट !!

मेरो लागि जीवनको एक अंग बनेको यो
बिहानको नास्ता, दिँउसोको खाजा
कहिलेकाँही रातको खाना पनि बनेको यो - जस्तै आज
चाहिदैन मलाई ति तिम्रा पिजा अनी बर्गर
मेरो लागि त्यही प्यारो ,
त्यही मलाई मनपर्ने बिस्कुट !!

एस. एन.