(२०१० साल समर - अमेरिकामा हुँदा, मिनेसोट्टा राज्य - सेन्ट क्लाउड )
१, २, ३ .....
बैशाख, जेठ, असार .....
January, February, March .....
औँसी, पुर्णिमा, प्रतिपदा .....
दसैं, तिहार, छठ, ठुलि एकादसी
ईन्द्रजात्रा, घोडेजात्रा, गाइजात्रा
प्रजातन्र दिवस, शहिद दिवस, गणतन्त्र दिवस
भानु जयन्ती, मोती जयन्ती, बुद्द जयन्ती
आमाको मुख हेर्ने, बुवाको मुख हेर्ने, शिवरात्री
जनाइ पुर्णिमा, नागपञ्चमी, कृष्ण जन्मास्ठमी
सुर्यग्रहण, चन्द्रग्रहण, रक्षा बन्धन
हरितालिका तिज, ॠषि पञ्चमी, सोर्ह स्राद्ध
विवाह मुहुर्त, ब्रतबन्ध मुहुर्त, अन्नप्रासनको साइत
बालदिवस, नारी दिवस, AIDS दिवस, अपाङ्ग दिवस
भ्यालेन्टाइन डे, फ्रेन्ड्सिप डे, क्रिस्मस डे
एक दिन पनि तिमीलाई मेरो याद आएन है ?
एस. एन.