Sunday, July 24, 2011
साइकल (हाँसो)
चित्र कोर्न आर्टिस्ट नै हुनु पर्दैन। लटर्पटर कोर्न मलाई पनि आउँछ। प्राय मैले बनाउने चित्रमा दुई-तिन वोटा टुप्पा टुप्पा हिमाल, हिमालको बिचतिर बाट आधा सुर्य, घामको ४-५ ओटा किरण निस्किराको। हिमालको तल साना-साना पहाड, अनी पहाडको बिचबाट झरना खसिराको र रुखहरु। त्यो झरना तल आएर खोला हुँदै बगिरा'छ। खोलाको औटा छेउमा सानो माटोको घर छ,टिन ले छ।एको,एउटा ढोका र एउटा झ्याल र घरबाट निस्केको बाटो। मलाई साइकल बनाउन कहिले आएन। दुइटा पाङरा सम्म बन्छ, त्यसपछी के के हुन्छ हुन्छ। हात्ती, घोडा, बाघ, गैंडा, गोही, गाई, भैंसीं, बाख्रा, माछा, बिरालो, कुकुर, बांदर, लोखर्के,मुसा,सर्प,साङँला, माउसुली, कमिला, खरायो, जेब्रा, कछुवा, जिराफ, भालु, हाँस, कुखुरा, हरिण, परेवा, चिल, उँट,पुतली, माकुरा, भ्यागुता, सुँगा, साँडेगोरु, फुल, पात,आँप, केरा, स्याउ, च्याउ, मेवा, कटर, कोबी, फर्सी, भान्टा, आलु, मुला, भोगटे,अङँगुर, खर्भुजा, कागती, गाग्री, तपेस, गिलास, चम्चा, कुकर, स्टोभ, भड्डु, कराइ, खड्कुलो, भकारी,घडी, चस्मा, कैँची, चप्पल, जुत्ता, टोपी, माला, फुट्बल, क्यमेरा, केटा, केटी, बुढो, बुढी, हातको पन्जा, नेपाल, ईन्डिया, चाइना, अमेरिका, अष्ट्रेलिया, स्रिलन्का, जर्मन, फ्रान्स, कार, ट्रक, बस, रिक्सा, पिलेन, हेलिकप्टर,धररा, घण्टाघर, मन्दिर, घण्टा, शिव, गणेश, बुद्ध, हनुमान, सरस्वती, गान्धी, भानुभक्त, मोतिराम, लक्ष्मीप्रसाद,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,के के हो के के। हिरो हिरोइनको फोटोमा जुँगा बनाउन खुब मजा आउथ्यो। कहिलेकाँही लिङग पनि थपी दिनु पर्ने। पछी क्लासमा पनि बिज्ञान बिषयमा अनेकन चित्र बनैयो - माइक्रोस्कोप, टेलेस्कोप, थर्मोमीटर, बिकर, टेस्टट्युब, सेल, सेलभित्रको चलखेल, प्रिजम, कन्केभ लेन्स , गिदी,फोक्सो, कलेजो, सानो आन्द्रा, ठुलो आन्द्रा भुँडी, किड्नी ,आँखा, मुटु, करङ, नाक, कान,केटाको गोप्ताङग, चोलिके पिछे-चुन्रीके निचै सबै बनाइयो। तर साइकल बनाउन कहिल्यै आएन। Damn it!