Sunday, July 24, 2011

सुन्न सक्छौ? (मुक्तक)

चेप्टिएको, ठेलीएको, निमोठीएको, चिथोरिएको कथा - सुन्न सक्छौ ?
साझँको भेट, जुनेली रात, तिम्रो शिर, मेरो काँध - भुल्न सक्छौ ?

तिमी मेरी राधा थियौ, म तिम्रो कान्हा
दियो निभ्यो, धुँवा उड्यो
अँन्धकारमा हराइ रह्यौँ
आखाँ खुल्छ, तिमीलाई खोज्छ - रित्तिएको वरीपरी
सुन्छौ भने फुँकाउछु, कसिएका गाँठाहरु

चेप्टिएको, ठेलीएको, निमोठीएको, चिथोरिएको कथा - सुन्न सक्छौ ?

एस एन